बैशाख ८, २०८१, शनिबार

३८ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   जेठ १, २०८०
जति कसम खाए पनि अचेल देशमा रमिता छ। हत्तेरिका जीवनमा एकपटक कवि कर्ममा होमिएपछि कविताले नछाड्ने रहेछ। मुलुक हल्लिएको बारे केही कोरकार गरौ भन्ने आशयले लेख्न बसेको अरुण थापाको गीतको पंक्ति र इन्द्रबहादुर राईको 'आज रमिता छ' बडो सटीक लागे।...


ज्ञानमित्र,   श्रावण ९, २०७७
एअरपोर्टको प्रस्थान भवनमा प्रवेश गर्ने समय भयो । जर्मन मित्र हालिनाले अन्तिम पटक फेरी सोधिन तिमी कम्प्रोमाइज गर्न तयार छौ, आफ्नो निर्णय बदल्छाैभने म यो टिकट च्यातेर तिमीसँग हिड्छु । मेरो कुनै पनि निर्णय मस्तिष्कले गरिएका हुन्नन्, म भावना अनुसार...

ज्ञानमित्र,   श्रावण ५, २०७७
आज २० जुलाई २०२० हो । आजभन्दा ५१ वर्ष पहिला आजकै दिन मानवताको इतिहासमा अभूतपूर्व घटना घटेको थियो । आजको दिनसम्म यही घटना नै मानवताको सम्पूर्ण इतिहासका लागि 'न भूतो न भविष्यति' बनी रहीरहेको छ । २० जुलाई १९६९ का...

ज्ञानमित्र,   श्रावण १, २०७७
सर्वोत्तम लेखक त्यो हो जसले आफ्ना अन्तर भावलाई शब्दमा सकेसम्म सजिलोसँग व्यक्त गर्न सक्छ । यसको कुनै जाहिर 'पैरामीटर' त छैन, अनुमान अनुसार आफ्ना भावलाई ७०-८० प्रतिशत शब्दमा उकेर्न सक्नेलाई श्रेष्ठ लेखक मान्नु पर्ने हुन्छ । मेरो आफ्नो मतअनुसार मेरा...

ज्ञानमित्र,   असार २८, २०७७
भर्खरैविश्व स्वास्थ्य सङ्गठनले नयाँ 'फरमान' जारी गरेको छ। डब्लुएचओका आपत्कालीन कार्यक्रम प्रमुख डा.माइक रायनले कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्ण रुपमा मुक्ति पाइन्न भन्ने विचार व्यक्त गरेका छन् । जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा उनले भने, अहिले...

ज्ञानमित्र,   माघ १२, २०७६
विज्ञानले प्राविधिको विकास मानव जीवनलाइ सुविधा सजिलो र आराम पुर्याउनका साथै जीवन उन्नत बनाउनका लागिगर्छ । अब मनुष्यमाथि निर्भर गर्छ उसले विज्ञानले विकसित गरेको प्रविधिको प्रयोग कुन प्रयोजनले गर्छ ! इतिहासमा एउटा रोचक प्रसंग छ ,धेरै प्रबुद्ध पाठकलाईयसबारे विदित नै...

ज्ञानमित्र,   पुष २७, २०७६
मानव जातिले प्रचलनमा ल्याएको पश्चिमा क्यालेन्ण्डर अनुसारको वर्ष २०१९ विदा भयो । विदा मात्र होइन, सदाका लागि इतिहासको पानामा सीमित भयो । वर्ष २०२० वर्तमान भएर उपस्थित हुन आएको छ । हामीले मानेको क्यालेण्डर पिच्छेकै समय मापनको (दिनमहिनावर्ष ) अवधारणा...

ज्ञानमित्र,   पुष २०, २०७६
विज्ञानमा रुचि हुने एवं विद्यार्थीवर्गलाइ एउटा प्रश्न सोध्ने हो भने अधिकांशको जबाफ एउटै हुनेछ । ल भन्नुस त सर्वप्रथम,चन्द्रमामा कुन देश र कुन देश निर्मित वस्तु पुगेको थियो ?निश्चय पनि तपाईँहरूको जबाफ अमेरिका हुन्छ होला ।तर के तपाइलाई थाहा छ,यो...

ज्ञानमित्र,   पुष ६, २०७६
दादा यो तपाईंको लागि, दुबईबाट बिदामा नेपाल आएकी बहिनीले एउटा मनमोहक बट्टा दिदैं भनी । खोलेर हेर्नासाथ म स्मृतिको महासागरमा डुब्न पुगे ! अनेकौं उन्मत्त छालले मेरो मस्तिष्कको सम्पूर्ण संरचना नै झंकृत बनाई दिएं । बट्टामा एउटा सुन्दर नाडी घडी...

ज्ञानमित्र,   मंसिर २३, २०७६
विज्ञान विषय कति रोचक छ भन्ने मेरा केमेस्ट्री माडसाब वर्माजीले ९ कक्षामा पढ्दै बुझाइदिनुभएको थियो । पढाउने बेलामा उहाँ पुस्तकनपल्टाई नै ४५ मिनेट धारा प्रवाह विषयबारे बोलेर बिताउनुहुन्थ्यो । भौतिक विज्ञान पढाउने अर्का श्रीवास्तव माडसाबको त मस्तिष्क नै भौतिकीका विषयले...

ज्ञानमित्र,   मंसिर १५, २०७६
निद्राविद् डाक्टरको चेतना दुई परस्पर विरोधी खेमामा विभाजित रहेको हुन्छ । एकथरी महासय थोमस अल्वा एडिसनलाई गाली गर्न र अर्कोथरी उनको प्रशंसामा गीत गाउन नजाने पनि गद्य कविता कोर्ने मतिमा रहेका हुन्छन् । एडिसनको जीवन विषयक घटनाका अनेकौँ कथा हामीले...

ज्ञानमित्र,   आश्विन ६, २०७६
अन्ततः स्वामी चिन्मयानन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । केही समयपूर्व २३ अगस्ट २०१९ का दिन उनकै मातहतको संस्थाले संचालन गर्ने ल कलेजकी एक जना महिला विद्यार्थीले उनीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । ७२ वर्षीय स्वामी चिन्मयानन्द भारतका पूर्वप्रधानमन्त्री अटलविहारी...

ज्ञानमित्र,   भदौ ९, २०७६
वैज्ञानिक दृष्टिकोणले पृथ्वीको आयु ४.५ अर्व वर्ष भने पनि मनुष्यताको इतिहास भने धेरै लामो छैन् । दश बाह्र हजार वर्ष पहिला मात्रै मानिस बस्ती बसाएर स्थिर बनेको हो । एउटा उदाहरणले मात्रै बुझौ उसले पृथ्वीमा रहेका प्राकृतिक संसाधनको दोहन कुन...

ज्ञानमित्र,   भदौ १, २०७६
मेरा कैयौँ मित्रहरू जति सम्झाएर पनि, जति बुझाए पनि कदापि यो स्वीकार गर्न मान्दैनन् कि मानिसले चन्द्रमामा टेकिसक्यो । हुनत मेरी स्वर्गीय हजुरमुमाले पनि बाचुन्जेल कहिल्यै पत्याउनुभएन कि नील आर्मस्ट्रङ, एडविन वज एल्ड्रिन, चाल्र्स कोनार्ड, एलन बिन, एलन शेपर्ड, एडगर...

ज्ञानमित्र,   श्रावण २४, २०७६
हर तरफ हर जगह बेशुमार आदमी फिर भी तन्हाइयो का शिकार आदमी के भन्या होला यो कविले ? अनगिन्ती मानिसमध्ये ऊ यदि एक्लो महसुस गर्दैछ भने मनोचिकित्सकीय भाषामा मस्तिष्कमा पक्कै केही केमिकल लोचा चलिरहेछ । अब यो केमिकल लोचाको मूल...

ज्ञानमित्र,   श्रावण १६, २०७६
लेखको शीर्षमा नाम पहिला स्वामी अरूणको आए पनि चर्चाको प्रारम्भ आफैबाट गर्न गइरहेको छु । कतिपयले यसलाई मेरो अहमता पनि भन्न सक्नुहुन्छ । तर्क हुन सक्छ विश्व प्रसिद्ध स्वामी अरूणभन्दा पहिला आफ्नो चर्चा गर्ने यो कस्तो दम्भी र आत्ममुग्ध पाराको...

ज्ञानमित्र,   श्रावण १२, २०७६
२२ जुलाई २०१९ मा प्रक्षेपित गरिएको भारतीय चन्द्र अभियान चन्द्रयान२ को आर्बिट सफलतापूर्वक परिवर्तन गरिएको छ । प्रक्षेपण गरिएको तेस्रो दिन (२४ जुलाई)मा पहिलो पटक र २६ जुलाईमा दोस्रो पटक चन्द्रयानको आर्बिट परिवर्तन गराएर यसलाई चन्द्रमाको झन् नजिक पुर्याइएको छ...

ज्ञानमित्र,   श्रावण १०, २०७६
विज्ञान विषयक लेखनको आनन्द र शून्यता (म आनन्दको विपरीत दुःख भन्दिनँ) गजबकै महसुस हुन्छ । लेखिसकेपछि मलाई आनन्द होइन, शून्यता अनुभव हुन्छ । आनन्द त प्रोसेसमै हुन्छ । अर्थात् लेखन अवधिभर आनन्दित अनुभव गरिरहेको हुन्छु । तर, शून्यता सधैं हात...