मंसिर १८, २०७७, बिहिबार

३३ समाचारहरू
वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।

रूपक अलङ्कार,   कार्तिक २२, २०७७
सप्तमीको दिन बिहान काकाले खँड्कुलामा पानी बसाले पछि दसैँ लाग्यो । पुछार घरे माइलाले उल्याए पनि, 'ह्या मोरा अष्टमीमा पो खसी काट्ने त ।' काकाले किन अरूका कुरा सुन्थे र ? आगो दन्काएर केराको थम्मा काट्न गए । काकाको आँगनबाट...


रूपक अलङ्कार,   आश्विन ७, २०७७
बालखमा बाख्राको पछि लागेर भिरभिर कुदिन्थ्यो । दाउराको बिटो बोकेर वनबाट आइन्थ्यो । मकैको पोको बोकेर घट्ट गइन्थ्यो । खाजा लिएर खेतमा जानु त भुराभुरीको कर्तव्य नै थियो । आलीमा बसेर हजुरबाले पोको फुकाउनुहुन्थ्यो । रोटीको टुक्रो पहिले नातीलाई दिनुहुन्थ्यो...

रूपक अलङ्कार,   भदौ २०, २०७७
बाबाजी र हलुवाको निकट सम्बन्ध थियो । समय समयमा प्रसंग निकाली निकाली उनी हलुवाको कुरा गर्थे । हुन त हलुवाबाहेक अरू पक्वान्नमा पनि बाबाजीको रुचि नभएको होइन । 'संन्यासी मरगया खा खा के'भन्ने त उनको थेगो नै थियो । जुनसुकै...

रूपक अलङ्कार,   भदौ ३, २०७७
२०७० संवत्को कुरो हो । जाडो महिनाको कुनै शनिबार थियो । बिहान सात मात्र बजेको थियो होला । हुस्सु लाग्नुपर्ने काठमाडौँमा लागेको भने थिएन । तर जाडो भनेमस्तै थियो । काठमाडौँ निद्राबाट ब्युँझेर दैनिकीमा लागिसकेको थियो । घामका झुल्काहरू देखिन...

रूपक अलङ्कार,   श्रावण २८, २०७७
कसैलाई भेटेरहात मिलाएर सभ्य हुने जमाना गयो । आँखिर हात मिलाउने हाम्रो चलन झन्झटिलो अवश्य पनि थियो । तर यसलाई हाम्रो सभ्यता हैन । हाम्रो सनातन प्रचलन हैन भनेर दुत्कार्न चाहन्नँ । यसरी दुत्कार्नुभन्दा पहिले लगाएका लुगा फुकालेर फाल्नुपर्ला !डाइनिंग...

रूपक अलङ्कार,   श्रावण १६, २०७७
बिहान अबेर ब्युँझेर आंग तान्ने बानीले प्रणितालाई कहिल्यै छोडेन । बिहेअघि उसलाई यस्तो बानीले खासै असर गरेन । बिहेपछि पनि उसले लोग्नेलाई यसरी हातमा लिई कि कसैले उसको आदतमाथि सामुन्ने भएर टिप्पणी गर्न सकेन । जागिरे लोग्नेको पछि लागेर केही...

रूपक अलङ्कार,   श्रावण ७, २०७७
हलो कृषिकाे प्रमुखऔँजार हो । हलोको लामो परिभाषा गर्नु हुन्न कृषिप्रधान मुलुकमा बसेर ! तर हलो हाम्रो देशको मात्र निजी सम्पत्ति हैन । हलो जोतेर पेट पाल्नेहरू यस संसारमा धेरै छन् । हलोको छाँटकाँट फरक होलान् । तौर तरिका फरक...

रूपक अलङ्कार,   असार २४, २०७७
लकडाउन हुनुभन्दा तीन दिन अगाडि काठमाडौँ छोडेर हिँडेकाले अहिलेसम्मगाउँमा हल्लिन पाएको छु। जुन दिनदेखि काठमाडौँ पसियो तहां उप्रान्त यति धेरै दिन यो सहर छोडेर हिँडिएको थिइन। काठमाडौँ बिनाको आफू र आफू बिनाको काठमाडौँ कहिल्यै सोच्न सकिएन र अहिले पनि सोचिसकिएको...

रूपक अलङ्कार,   बैशाख ६, २०७७
समय यो नवदानवझैँ भयो तन मिलेर निलेर कहाँ गयो फुल समान प्रफुल्ल थिएँ सधैँ शिशिरको म शिरीष भएँ कठै ! चरण जीवनको रणमा टुटे कति लडेर बडेर त्यहीँ उठे हृदय आँट विराट छ झन् अझै शिशिरको म शिरीष भएँ कठै...

रूपक अलङ्कार,   फाल्गुन २४, २०७६
काम भए नि नभए नि समय बिताउनका लागि मेरो अफिस छ । अफिस भन्नु पनि के हो र, कुनै विशेष कामको होइन । यसो भेटघाटका लागि । जागिरबाट बचेखुचेको समय यही अफिस नामको कोठामा बिताउनु मेरो अर्काे जागिर हो ।...

रूपक अलङ्कार,   फाल्गुन १०, २०७६
पाठशालामा गीत गाउन सख्त मनाही थियो । नाच्ने कुरो त सोच्न पनि निषेध थियो । भजन, आरतीमा यदाकदा ताली बजाउनसम्म पाइन्थ्यो । त्यस कारण गीत गाउन मन लागे हामी ठूलोठूलो स्वरले आरती भन्थ्यौँ । त्यही हाम्रो गीतको रहर मेटाउने शाश्वत...

रूपक अलङ्कार,   माघ २५, २०७६
१८ गते म पशुपति पारिपट्टि मृगस्थलीमा थिएँ । मेरो शिरमाथि पीपलका हाँगा फिँजारिएका थिए । म पीपलको काखमा विश्रामस्थ थिएँ । आधा घण्टाभन्दा नि पहिलेदेखि म परम् मित्र शान्तिरामको अधीर प्रतीक्षामा थिएँ । अझै पनि ऊ आइसकेको थिएन र आइहाल्ला...

रूपक अलङ्कार,   माघ ११, २०७६
दश मिनेट ओरालो र बीस मिनेट तेर्सो हिँडेपछि मात्र हामी स्कुल पुग्न सक्थ्यौँ । स्कुलसम्म पुग्न लामो दूरी पार गर्नुपर्ने हुनाले हामी सकेसम्म चाँडै हिँड्थ्यौँ, स्कुल जानका लागि । दालभात, तरकारी पाक्नुपर्छ स्कुल जानका लागि भन्ने नियम थिएन हाम्रो गाउँमा...

रूपक अलङ्कार,   पुष २६, २०७६
नेपाली साहित्य यतिखेर आख्यानमा पुगेर थुप्रिएको छ । आख्यानका विविध रूपमध्ये उपन्यास लेखन नै यतिबेला साहित्य बनेर देखिएको छ । वर्तमान समयलाई आख्यानको समयका रूपमा लिइन्छ । साहित्यकार हुनु भनेकै उपन्यासकार हुनु हो र उपन्यासकार हुनु भनेकै साहित्यकार हुनु हो...

रूपक अलङ्कार,   पुष ११, २०७६
नजिकै भए पनि ठुलीआमाको घर नगएको धेरै भएको थियो । जहिले फोन गर्दा पनि कहिल्यै नआउने भइस् भन्ने गर्नुहुन्थ्यो । मैले आउँछु भनेर टारेको पनि निकै पल्ट भएको थियो । जान मन नभएर टारेको होइन, जाने परिवेश नमिल्नाले टार्नुपर्ने बाध्यता...

रूपक अलङ्कार,   पुष ३, २०७६
तिहारपछि घर छाडेर हिँडेकाहरूले आउने समय जात्रालाई तोक्थे । हाम्रो गाउँका लागि दशैँ, तिहारपछिको महत्त्वपूर्ण चाड भनेकै जात्रा थियो । हामी पनि तिहारपछिको रमाइलो दिनका रूपमा जात्रालाई नै गन्ने गथ्र्यौं । बिरुवा लागाउने प्लास्टिकमा माटो भरीभरी कमाएको दुईदुई रुपैयाँ जम्मा...

रूपक अलङ्कार,   मंसिर २५, २०७६
नेपाली समाज निकै रंगीन छ । बहुभाषिकता, बहुधार्मिकता, बहुसंस्कृति नेपाली समाजका विशेषता मानिएका छन् । भौगोलिक रूपले सानो भएर पनि सामाजिक विविधताका आधारमा भने हाम्रो देश वा समाज बहुमुखी छ । हाम्रो समाज सतही रूपमा जति सुन्दरता र सरलताले भरिएको...

रूपक अलङ्कार,   मंसिर ११, २०७६
मंसिर महिना घरबार गर्ने महिना हो । असार लागेपछि खेत रोप्नतिर लाग्नुपर्छ भनेजस्तै मंसिर लागेपछि विवाह गर्नतिर लाग्नुपर्छ भन्ने नै बुझिन्छ । हुनत विवाहका लागि अरू महिना पनि छन् तर मंसिरमा विवाहको समय अन्तर्भूत भएको छ हाम्रा सन्दर्भमा । खासमा...