बैशाख १२, २०८१, बुधबार

१९८ समाचारहरू
अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।

हरिविनोद अधिकारी,   फाल्गुन ५, २०८०
जीवनको लक्ष्य कसले निर्धारण गर्छ ? आफैँले, अभिभावकले,गुरुले, समाजले, राज्यले या कसैले ? अझ अर्को समस्या के हो भने जीवनमा लक्ष्य कसरी निर्धारण गरिन्छ ? म स्नातकोत्तर शिक्षाको पाठ्यक्रम विषयको विद्यार्थी हुँदा मेरा श्रद्धेय गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगोंगले धेरै...


हरिविनोद अधिकारी,   माघ ६, २०८०
मेरा एकजना मित्र हुनुहुन्छ हरि गौतम । कल्पनाशील लेखक । प्रत्येक लेखक कल्पनाशील नै हुन्छ, प्रगतिशील हुन्छ र गतिशील हुन्छ । उहाँले अधिकारीकी छोरी बहिनी मुनासँग बिहे गरेकाले म कहिलेकाहीँ ज्वाइँ साहेब पनि भन्छु । मेरी ठूली बहिनीको नाम पनि...

हरिविनोद अधिकारी,   माघ १, २०८०
मानिसको मस्तिष्कले कसरी काम गर्छ ? यसबारेमा कहिलेदेखि अनुसन्धान सुरु भयो भन्ने कुनै तिथिमिति थाहा छैन । थाहा नभए पनि तर जबदेखि मानिसमा आफ्ना बारेमा जिज्ञासा हुन थाल्यो, त्यही बेलादेखि आफ्ना बारेमा आफैँले विचार गर्न थाल्यो । यो क्रमले बुझ्न...

हरिविनोद अधिकारी,   पुष २१, २०८०
एउटा समय आउँदो रहेछ, आफ्ना बारेमा आफैँले समीक्षा गरिँदो रहेछ । जे भयो, जे काम गरियो, अब त्यसमा गल्ती महसुस गरेर खासै अर्थ नरहने तर के काम कुन बेलामा गर्ने र के काम कहिल्यै गर्नु नहुने भन्ने कुनै मानक रहेनछ...

हरिविनोद अधिकारी,   पुष १४, २०८०
स्मृतिमा यस्ता कुराहरु पनि आउँछन् जुन अक्षरमा लेख्न पनि गाह्रो हुन्छ, बाहिर भन्न पनि मुस्किल हुन्छ । जीवनमा थाहा पाएर या नपाएर घटेका कति घटनाले , घटेका कुराले जीवनमा अचम्मको प्रभाव पारेको हुन्छ तर कसरी प्रभाव पारेको थियो अनि त्यसबाट...

हरिविनोद अधिकारी,   पुष ७, २०८०
समयको के कुरा भयो र ? समय भनेको सम्झना नै रहेछ । इतिहासको कुरा गर्दा पनि त स्मरणको भाग मात्रै त हो रहेछ । जीवनको अनेक आयाम हुने रहेछन् र समयले सबैको सम्भावना र परिणाम देखाउने रहेछ । लेखिने प्रत्येक...

हरिविनोद अधिकारी,   मंसिर ३०, २०८०
मनको तरेलीमा अनेक लहरहरू तरंगित हुन्छन् । मन न हो, कता पुग्छ एकैछिनमा अनि फेरि आफ्नै ठाउँमा आउँछ जस्तो कि फुकेको बेलुनमा हाला फुस्काएपछि आफ्नै स्वरुपमा फर्कन्छ । तर केही तरंग हरु सधैँ ताजा हुने रहेछन् , आमा, बा र...

हरिविनोद अधिकारी,   मंसिर २३, २०८०
समयको गतिले मानिस परिवर्तन हुन्छ कि मानिसले समय परिवर्तन गराउँछ भन्ने स्पष्ट उत्तर कतै पाइँदैन । समयले त के भन्छ होला र ? तर हामी समयलाई भन्छौँ समय परिवर्तन भएपछि मानिस पनि आफैँ रूपान्तरित हुने रहेछ भन्ने भनाइ छ ।...

हरिविनोद अधिकारी,   मंसिर १६, २०८०
हाम्रा धर्मशास्त्र र त्यसका परिपूरक व्याख्याका लागि तयार गरिएका पुराण तथा उपपुराणहरुले सकेसम्म सम्पूर्ण प्राणी तथा चराचर जगतका बारेमा उठेका र उठ्न सक्ने सबै प्रश्नहरुको जबाफ दिएका छन् । तर सबैमा , खासगरी चेतनशील भनेर मानिएको मानिसमा रहेको एउटा जिज्ञासा...

हरिविनोद अधिकारी,   मंसिर ९, २०८०
जीवनको रथ चलिरहने रहेछ । जे भए पनि, जस्तोसुकै परिस्थिति आए पनि जीवन भनेको चलिरहने प्रक्रिया रहेछ । त्यसो त जीवन एउटा भवितव्यमा प्राप्त संयोग हो । न चाहेर जन्मन पाइने हो, न नचाहेरै जन्मन नपाइने हो । भन्छन् नि,...

हरिविनोद अधिकारी,   मंसिर २, २०८०
मानिसमा अपेक्षा हुन्छ । त्यसो त सबै प्राणीहरूमा अपेक्षा हुन्छ । कतिले आफ्ना व्यवहारले देखाउन सक्छन्, कतिले आफ्नो भावना आवाज मार्फत् स्पष्ट पार्न सक्छन् । हामी मानिसहरु चाहिँ बुझ्ने गरी कुरा गर्नका लागि भाषाको विकास गरेकाले र भाषाको प्रतीकात्मक आवाजलाई...

हरिविनोद अधिकारी,   कार्तिक १८, २०८०
फेरि पनि कुरो साहित्यकै गरौँ है । मैले जे जति रचना गरेको छु, गर्नेछु । गरिएको रचना , गर्ने रचना ती सबै परिभाषाको सीमाभित्र कति अटाउलान्, थाहा छैन । परिभाषा र अर्थ लगाउने भनेको समयको चलेको धारणाका आधारमा हुन्छ ।...

हरिविनोद अधिकारी,   कार्तिक ११, २०८०
कुरो साहित्यको नै हो । साहित्यका बारेमा धेरै धारणा होलान् तर बीपी कोइरालाको जीवनमा एक पटक मात्र साहित्यकारको रुपमा नेपालमा अभिनन्दन गरेको थियो साहित्यिक पत्रकार संघले। त्यो बेलामा सापसंका अध्यक्ष हुनुहुन्थ्यो ऋषितुल्य अनुसन्धाता अच्युतरमण अधिकारी, उपाध्यक्षमा हुनुहुन्थ्यो हक्की साहित्यकार हरि...

हरिविनोद अधिकारी,   कार्तिक ४, २०८०
साहित्य सृजनशील कर्म हो । विचारको पुञ्जबाट फुत्त फुत्त निकालेर आफैँलाई आफैसँग सोधपुछ गर्दै गरिने मौन सम्बाद पनि हो साहित्य सृजना । कस्तो रचना साहित्य हो वा हुन्छ भन्ने मानक त्यस्तो के पो होला र ? विभिन्न विद्वानहरुले साहित्य हुनका...

हरिविनोद अधिकारी,   आश्विन २७, २०८०
साहित्य र जीवन । साहित्य भनेको भावनाको पुञ्ज हो । साहित्यलाई कसरी परिभाषित गर्ने भन्ने पनि विवाद नै छ र पनि हामीले शब्दकोशहरुमार्फत् त्यसको अर्थ लगाउन सक्छौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको प्रज्ञा नेपाली बृहत् शब्दकोशको अनलाइन संस्करणमा हेर्दा...

हरिविनोद अधिकारी,   आश्विन २०, २०८०
निरन्तर रुपमा यो स्तम्भ लेखेको पनि १८१औँ अङ्क पुगिसकेछ । वास्तवमा त्यस्तै १० अङ्कसम्म लेख्ने विचारले लेखेको हुँ । कुन्ती सम्बन्धी अनुसन्धानात्मक तर महाभारतमा आधारित धारा बाहिक कथा लेख्दा लेख्दै ३३ अङ्क लेखेपछि त्यसलाई पुस्तकाकार गर्ने सल्लाह वरिष्ठ पत्रकार तथा...

हरिविनोद अधिकारी,   आश्विन १३, २०८०
पत्रकारिताको कुरा गर्दा मलाई कहिले यो नितान्त व्यक्तिगत सोख प्रति गर्व लाग्छ भने कहिले केही पत्रकारहरुको व्यवहारले गर्दा यो क्षेत्र नै बदनाम भएको सुनिन्छ । त्यसो त रात्रिभोजसमेत भएको पत्रकार सम्मेलनमा स्वबन्धुहरुबाट हुने क्रियाकलापका बारेमा आउने समाचार र देखाउने प्रवृत्तिका...

हरिविनोद अधिकारी,   आश्विन ६, २०८०
कुरो शिक्षा र शिक्षककै आउने रहेछ । त्यसो त पत्रकारितामा पनि लागेकै छु । अर्थात् सक्रियता भनेको लेखाइ हो, लेखि रहेकै छु । हिजोका दिनमा पत्रकारिता भनेको हामी जस्ताका लागि धर्मको काम थियो । धर्म पनि प्रजातन्त्र, कर्म पनि प्रजातन्त्र...