बालापनका कुरा । आफ्ना बालापनका कुरा त अब कतै कतै सम्झनामा झल्याक्क झुलुक्क आउँछ त्यो पनि प्रसङ्गमा । मेरो मावल पगरबासको अमल बोट भन्थे क्यारे, ढुङ्गेल गाउँमा थियो । थियो भन्नु पर्यो किनभने ठुला मामा धीरप्रसाद उपाध्याय ढुङ्गेल समेत महोत्तरीको...
जति जति पुराना दिनहरूको याद आउँछ, त्यति त्यति बा आमाको याद आउँदो रहेछ। माहिलो भाइ हिमालयको याद आउँछ । ती सबैको याद आउँछ जो जो मेरो जीवनमा अपरिहार्य रुपमा जोडिनआउनु भएको थियो र अब हुनुहुन्न । हाम्रो ठुलो परिवार थियो,...
दुःख र सुखका पनि आफ्नै मानकहरू रहेछन् जीवनमा । के हुँदा दुःख लाग्छ र के हुँदा सुखको अनुभूति हुन्छ, त्यो पनि समय सापेक्ष हुने रहेछ । श्रीमद्भागवतमा एउटा प्रसङ्ग आउँछ , विष्णुका धेरै अवतारमध्ये कपिल देवको जन्ममा पनि विष्णुको दैवी...
लोभ के हो ? प्राणीहरूमा लोभ किन उत्पन्न हुन्छ ? अनि मानिसमा लोभ कसरी पलाउँछ ? लोभ किन कुन बेलामा बिलाउँछ ? निर्लोभकहिले हुन सकिन्छ ? हामीसँग कर्मेन्द्रिय , ज्ञानेन्द्रियहरू छन् र तिनमा जीवन सञ्चालनका लागि सापेक्ष तथा निरपेक्ष क्षमता...
जीवनको रफ्तार त गतिशील, अति गतिशील हुने रहेछ । कहिले लाग्छ, जीवनको गति अति धिमा छ । कहिले लाग्छ, जीवन सहजताका साथ चलिरहेको छ । जीवनका वारेमा केही दार्शनिक प्रश्नका उत्तरहरू हामीसँग अनुत्तरित छन् र अहिले प्रचलित विभिन्न दर्शनहरूमा अनेक...
शिक्षा शास्त्रको अर्थ रहेछ शिक्षासम्बन्धी विवेचना गरिएको शास्त्र । यसको मतलब हो शिक्षा या विद्या प्रदान गर्नका लागि जुन विधिको मनोवैज्ञानिक तरिकाको प्रयोग गरिन्छ, त्यसबारेमा गरिएको शोध, प्रयोग र परिणामको समेत मूल्यांकन गरेर राखिएको लक्ष्य पूरा भयो या भएन भन्ने...
मलाई मेरा गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगाेंगका सम्झना आइरहन्छ । एउटा त उच्च शिक्षामा शिक्षा भन्ने विषय नै उहाँले सिकाउनु हुन्थ्यो । अझ शिक्षाभित्रको पाठ्यक्रम भन्ने विषयको ज्ञान दिनुहुन्थ्यो । बारम्बार उहाँले भन्नुहुन्थ्यो, प्रशिक्षार्थीमा जबसम्म मनमा प्रश्न उठ्दैन, तबसम्म उसले...
शिक्षाको महत्व भनेको के हो ? आज पनि उत्तिकै बहसको विषय बनेको छ । हामीले शिक्षा भन्ने बित्तिकै विद्यालयको आकृति आउँछ, सँगै शिक्षकको एउटा अनुहार कतै कतै झल्याक्क झुलुक्कदेखा पर्छ र आफूलाई सबैभन्दा बढी चित्त बुझ्ने कुरा गरेर जीवन र...
आध्यात्मिकता भनेको धार्मिक आस्था हो कि मानवीय अवधारणा ? व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ-ब्रह्म वा जीवसम्बन्धी/आत्मासम्बन्धी । आध्यात्मिक ज्ञान भनेको आत्मतत्वसँग सम्बद्ध ज्ञान । आत्मालाई कसरी परिभाषित गर्ने भन्नेमा पनि एकमत देखिँदैन किनभने संस्कृतमा आत्माका धेरै अर्थ पाइन्छन् र पनि...
हामी आफ्ना अतीतलाई स्मरण गर्दैगर्दा अनुभूतिलाई पनि दार्शनिक लेपन लगाउन चाहन्छौँ र भन्छौँ म त त्यस्तो मान्छे होइन या म त आफ्नो सिद्धान्तमा अडिग मान्छे हो पनि भन्ने गर्दछौँ । आफ्नो परिवारका बारेमा जानकारी जति राखेका हुन्छौँ, त्यसैबाट आफूलाई चिन्ने...
साहित्य के हो ? यसको प्रयोग किन र कसले गर्छ ? वास्तवमा साहित्य स्वयं इतिहासको बारेमा जानकारी दिने सृजना हो कि ? या मनमा आएका कुलबुल कुलबुलहरुको प्रस्फुटनमात्र हो ? यदि त्यस्तो मात्र हो भने विश्वभर किन साहित्यको यति धेरै...
कहिलेकाहीँ लाग्छ, हामी जुन यो पृथ्वीमा छौँ र अरु पनि जीवन अरु ग्रहहरूमा होलान् कि नहोलान् ? ब्रह्माण्डका त के कुरा भयो र, यही पृथ्वीका बारेमा नै हामीले सबै कुरा पत्ता लगाउन सकेका छैनौँ र पनि मानिसले अनुसन्धान गरेजस्तै अरु...
मनमा अनेक विचार आउँछन् अनि हराउँछन् बग्दो नदीमा उठ्ने पानीका फोकोझैँ । ती भावना मनको कुनै कुनामा यसरी अभिलेखी कृत हुने रहेछ कि कता कता ती विचारहरूले विपनामा मूर्त ता प्राप्त गर्न सकेन भने पनि सपना बारम्बार देखिने रहेछ भन्ने...
सोचेजस्तो त कहाँ हुने रहेछ र । त्यसो त के सोचिन्थ्यो भन्ने पनि सापेक्ष कुरा रहेछ । सोच्न पनि आवश्यकता पर्नु पर्ने रहेछ । परिवेशले के सिकाउँछ र के आवश्यकता हुने रहेछ,त्यतै पट्टीको चाहना बढ्ने रहेछ । हामी हुर्कने बेलामा...
राजनीति नीतिहरूमा सबैभन्दा मुख्य हो जसले नीति बनाउँछ र नीति लागू पनि गर्छ । त्यसैले नीतिहरूमध्ये सबैभन्दा पारदर्शी, अमूर्तताबाट मूर्तता तर्फको यात्रामा रहने काम गर्ने भएकाले राजनीतिलाई उनीहरुमध्ये राजा मानिएको हो । राजा यस अर्थमा कि हाम्रो संस्कृतिमा राजाको अर्थ...
म आफूलाई स्वघोषित प्रजातन्त्रवादी मान्छु किनभने मलाई शासन प्रणालीमा प्रजातान्त्रिक प्रणाली मन पर्छ । प्रजातन्त्र प्रतिको आस्था भनेको मनले गर्ने हो र कसैले तँ प्रजातन्त्रवादी होस् भनेर दिने प्रमाणपत्र भन्दा भावनाले प्रजातन्त्रका आदर्शहरू आत्मसात् गरिनु हो । त्यसैले स्वघोषित किन...
मन न हो कता पुग्छ कता पुग्छ तर जब जब म जन्म ठाउँभन्दा बाहिर हुन्छु, त्यही गाउँ ठाउँ, वन जंगल, खोला, ढाँड, डाँडा , पाखा पखेरा नै सधैँ सम्झनामा आइरहन्छ । हिजोको बेला पनि रहेन, अब गाउँमा बसेर मात्र पनि...
हामीले जीवन यात्राका लागि केही आदर्श तयार गरेका छौँ र केही अनादर्शका उदाहरणहरु संग्रह गरेर राखेका छौँ । संसारमा जति धर्म, संस्कृति र संस्कार प्रचलनमा छन्, ती चलनमा आउनु भन्दा पनि कुनै अरु नै चलनमा थिए होलान्, हामीले त्यतातिर भने...