चैत्र १७, २०७९, शुक्रबार

१६० समाचारहरू
अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।

हरिविनोद अधिकारी,   फाल्गुन १, २०७७
आजको संसारमा फेरि धर्म र पापको कुरा सलबलाउन थालेको छ । नितान्त भौतिक संसारमा ती आध्यात्मिक चिन्तनको के महत्व होला र पनि संसारमा धर्मप्रति आस्था हुने व्यक्तिहरुको संख्या अत्यधिक देखिन्छ । अरु त अरुसंसारलाई प्रगतिशीलताको शिक्षा दिने, आधुनिकताको प्रतीक बनेको...


हरिविनोद अधिकारी,   माघ १०, २०७७
त्यो पौराणिक कालीन समय । यो आजको आधुनिक कालीन समय । हामीले गौरव गर्ने हाम्रो अतीत अनि आजको हाम्रो नाजुक अवस्था । तर दिनहरु बितिरहेका छन्, समय घर्किँदैँ छ । जीवन र जगतका वारेमा दिन प्रतिदिन नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन...

हरिविनोद अधिकारी,   माघ ३, २०७७
जीवन त धेरै जटिल पनि हो रहेछ, सहज पनि हो रहेछ । जसरी बाँच्ने हो, कसरी भन्ने पनि त थाहा छैन नि !नत्र त त्यसरी नै बाँचिन्थ्यो होला । यायावर भएर घुम्नु पनि पर्दो रहेछ र कहिले यायावर हुनलाग्दा समयले...

हरिविनोद अधिकारी,   पुष २५, २०७७
यो संस्मरण लेख्न बस्दा मनमा धेरै कुराहरू गुजमुजिएका छन् । किन यस्तो भएको हो, तीमध्ये कतिको मलाई अर्थ पनि थाहा छैन, कारण पनि थाहा छैन र पनि मैले भोगेको छु र त्यसको परिणाम मेरो सोचाइभन्दा पनि कता हो कता फरक...

हरिविनोद अधिकारी,   पुष १८, २०७७
हामी नेपालीहरूका लागि विदेश जाने भनेको सजिलो पनि छ, सजिलो पनि छैन । सम्मानका साथ विदेश जाने, मुलुकलाई प्रतिनिधित्व गर्ने गरी जाने भनेको त्यति सजिलो छैन पदमा नहुने र पहुँच नहुनेका लागि । झन् कूटनीतिकरुपमा प्रतिनिधित्व भनेको एक प्रकारले प्राविधिक...

हरिविनोद अधिकारी,   पुष ११, २०७७
मनमा उठ्ने लहरहरूलाई कसले पो नियन्त्रण गर्न सक्छ र ? मन छिन छिनमा कता पुग्छ कता ? त्यसैले ध्यानको कुरा आयो र हाम्रा पुर्खाले कुनै कुरा अनुसन्धान गर्न पनि वनको एकान्त खोज्थे । त्यहीँ ध्यानमग्न भएर एकमन हुन कोसिस गर्थे...

हरिविनोद अधिकारी,   पुष ४, २०७७
यादहरू हप्तापिच्छे लेखिँदा फाइदा पनि हुने रहेछ, बेफाइदा पनि हुने रहेछ । फाइदा के भने पुराना यादहरूको भेलमा समसामयिक विषयमा निरन्तर त्यही बहानामा लेख्न पनि पाइने, अनि बेफाइदा के भने जीवनको भोगाइको क्रममा भने त्यो नहुने । तर पनि भोग्ने...

हरिविनोद अधिकारी,   मंसिर २७, २०७७
भनिन्छ, अतीतका दिनहरूमा रमाउनु हुँदैन किनभने ती दिनहरू अब फेरि फर्कँदैनन् । भविष्यलाई कसले पो देखेको छ र ? अनि वर्तमानमा जे भइरहेको छ, त्यसैमा रमाउनु पर्छ, त्यसैमा धक्कम धक्का लगाएर चलिरहनु पर्छ । वर्तमानको पनि के टुङ्गो र ?...

हरिविनोद अधिकारी,   मंसिर २०, २०७७
पुराना यादहरूको सम्झाइ पनि एउटा तरङ्ग जस्तै हो । कहिले के कुराको सम्झना बढी हुन्छ त कहिले कहिलेको कुरा मनमा खेल्न थाल्छ । सायद यो सबैलाई हुँदो होला या मलाई मात्र भएको हो । तर सम्झनाको तरेलीहरू खातका खात छन्...

हरिविनोद अधिकारी,   मंसिर १३, २०७७
हाम्रो नेपाली समाज पनि अरु समाजझैँ तीव्र परिवर्तन हुन थालेको धेरै समय भयो । त्यो परिवर्तनको श्रेय पनि २००७ सालको जनक्रान्तिले नै लिएको छ जसले नेपाली नागरिकहरूमा समानताको चेतना प्रवाह गरेको थियो । तर त्यो भन्दा पनि पहिले विभिन्न कालखण्डमा...

हरिविनोद अधिकारी,   मंसिर ६, २०७७
हामी अहिले सबै कुरामा सङ्क्रमणको सेरोफेरोमा छौँ । अझ भनौँ सङ्क्रमणकालको मध्य विन्दुमा छौँ । अर्थात् एउटा पुरानो चलन छोडेर नयाँ चलनको स्थापना गरिरहेका छौँ । समाजको हरेक पक्षमा । धार्मिक पक्षमा, सांस्कृतिक पक्षमा, पारिवारिक चलनमा र दैनिक खानपानदेखि सबै...

हरिविनोद अधिकारी,   कार्तिक २९, २०७७
मेरो मन उद्वेलित भइरहेको थियो । थाहा थिएन किन हो । जीवन न हो, कहिले विषाद हुन्छ त कहिले खुसीको बाढी नै लागेको हुन्छ । खुसी र सुखीको खासै देखिने परिभाषा त छैन तर सन्तुष्टिलाई खुसी र सुखी हुनुको मापन...

हरिविनोद अधिकारी,   कार्तिक २२, २०७७
जब पुराना यादहरूको बिचमा पुगिन्छ, अनि सम्झनाहरूको त्यहाँ सभा हुन थाल्छ । कुन पहिले घटे होइन कि ती घटना किन र कसरी घटे भन्ने कुराको सम्झना अस्पष्ट र धमिलोरुपमा देखिन्छ । कुनै अहिले पनि स्पष्ट देखिन्छ अनि कुनैचाहिँ बिस्तारै बिस्तारै...

हरिविनोद अधिकारी,   कार्तिक १५, २०७७
सम्झनाहरू दूर अतीत वा निकट अतीतका स्मृति अभिलेख हुन् । ती कति आफैँमा घटेका या आफैँ नै त्यसको पात्र भएको हुनसक्छ या कति त आफैँले नजिकैबाट भोगेको पनि हुनसक्छ । आखिर सम्झना त इतिहास नै त हो । तर कतिपय...

हरिविनोद अधिकारी,   कार्तिक ८, २०७७
त्यस्तो कुनै डायरी पनि राखिएन किनभने दिनहरू त्यसैगरी बित्लान् भन्ने लाग्दो रहेछ । त्यो बेलामा बा, आमा, परिवारका सबै सदस्यहरू सखल्ल भएका बेलामा सबै कुरा यस्तै होला जस्तो लाग्दो रहेछ । झन् म त अलि बेतालको पनि भएछु । खासै...

हरिविनोद अधिकारी,   कार्तिक १, २०७७
हुन त यो मैले लेख्न थालेको मेरै सम्झनाहरूको, मेरै स्मृतिहरूको सँगालो हो, कुनै क्रमबद्ध पनि होइन तर सम्झँदै जाँदा, लेख्दै जाँदा, भोगेका कुराहरूलाई बिस्तारै बिस्तारै खोतल्दा कुन कुरा पहिले आउँछ, कुन कुरा पछि आउँछ । सायद पुराना कुराहरू या स्मृतिहरू...

हरिविनोद अधिकारी,   आश्विन २४, २०७७
आजभोलि खोइ किन हो, मन उद्विग्न हुन थालेको छ । धेरै यादहरूले पोलेर पनि हुनसक्छ, धेरै कुराहरूमा महत्त्वाकाङ्क्षा पालेकोले पनि हुनसक्छ । थाहा छैन किन हो, मन उद्वेलित छ , हुनसक्छ, कोभिड १९ को प्रभाव हो या आफैँमा निहित कमजोरीहरूले...

हरिविनोद अधिकारी,   आश्विन १७, २०७७
जब जब अतीतको यात्रामा विचरण गर्न थालिन्छ, बिर्सिएका पुराना कुराहरू फुत्त फुत्त आउन थाल्छन् जस्तो कि पुराना बाकस र सन्दुसबाट हराएका भनिएका सामानहरू भेटिन थाल्छन् । साना साना कुराहरू पनि ताजा हुँदै साँच्चै अघिल्तिर सजीव भएर उभिन थाल्छन् र भन्छन्...