बैशाख ८, २०८१, शनिबार

५१ समाचारहरू
लेखक प्राध्यापन गर्नुहुन्छ ।

यमबहादुर दुरा,   चैत्र २९, २०७५
लाहुर र लाहुरे नेपाली जनजीवनमा बरोबर उच्चारण भइरहने शब्द हुन् । दुवै शब्द रोजीरोजीसँग गाँसिएका छन् । त्यही भएर हुनसक्छ यी दुई शब्द नेपाली जनजिब्रोमा बढी उच्चारण भइरहन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश (पाँचौ संस्करण) ले लाहुर...


यमबहादुर दुरा,   चैत्र ८, २०७५
हनुमानको छोराको नाम के हो ? उनी यस्तै प्रश्न गरेर विद्यालयका साथीसँगीसँग हाजिरीजवाफ शैलीमा दोहोरी गाउँथे । उनी पढ्ने विद्यालयमा पढाइबारे दोहोरी चल्थ्यो । एकतिर कलाको विकास, अर्कोतिर ज्ञानको वृद्धि । उनका बुबा प्रावि शिक्षक थिए । उनी भजन गायक...

यमबहादुर दुरा,   चैत्र १, २०७५
उनी लोकगीतसँग साइनो गाँस्दै हुर्किए । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला उनको जन्मस्थानमा थुप्रै मौलिक लोकभाका गाइन्थ्यो । प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।...

यमबहादुर दुरा,   फाल्गुन २४, २०७५
उनको बैठक कोठामा भित्ताभरि प्रशंसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोस्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी...

यमबहादुर दुरा,   फाल्गुन १७, २०७५
गीतसङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति सेलिब्रिटी बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता सेलिब्रिटीको नाम घरघरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू हाउसहोल्ड नेम बन्न पुग्छन् । तर, त्यही गीतसङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्,...

यमबहादुर दुरा,   फाल्गुन १०, २०७५
वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात (पिपिरी) बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो,...

यमबहादुर दुरा,   फाल्गुन ३, २०७५
उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफुजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो । उनी हरप्रकारले छोरालाई पढ्न...

यमबहादुर दुरा,   माघ २५, २०७५
२०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो । रोचक कुरा के थियो भने उक्त प्रतियोगितामा दोहोरी गीत प्रतियोगिता पनि चलिरहेको थियो । त्यस समयमा दोहोरी गीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा मानिथ्यो । दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु...

यमबहादुर दुरा,   माघ १४, २०७५
अमेरिकास्थित एल युनिभर्सिटीका तत्कालीन प्राध्यापक एल्सवर्थ हन्टिङ्टन (सन् १८७६१९४७) ले इतिहासलाई नयाँ शिराबाट परिभाषित गरेका थिए । हन्टिङ्टनको भनाइ थियो, एउटा परिवेशबाट अर्को परिवेशमा मानिसको स्थानान्तरण सम्बन्धी अभिलेख नै व्यापक अर्थमा इतिहास हो । उनको भनाइले मानव इतिहासमा बसाइँ सराइले...