बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग लड्नेबताएका छन् । चितवनको भरतपुर पुगेका बादलले एमाले पार्टीले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्न आफू तयार रहेको बताए । प्रचण्ड र बादल दुवैको क्षेत्रचितवन हो। माओवादीभित्रको अन्तरविरोध...


लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
आगामी मंसिरमा महाधिवेशन गर्न जुटेको नेपाली कांग्रेसले केही जिल्लामा अझै क्रियाशील सदस्यताको विवादटुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यताको विवादकै कारण कांग्रेसको वडादेखि क्षेत्रीय अधिवेशनहरु प्रभावित बनिरहेका छन् । भदौमा नै महाधिवेशनको तयारीमा रहेको कांग्रेसले गत महिनामात्रै महाधिवेशन मंसिरसम्मका लागि...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती २विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख डा. देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी,...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हेरफेर गरिएको छ । उपाध्यक्षको संख्या ६ पुगेको छ भने सचिवमा एक जना थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरूराजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, बेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्मा बजारस्थित बीपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दैउनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । आजै केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिवमा घोषणा गर्ने तय भएको बताइएको छ । महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा.विजय पौडेललगायतले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेपालले आगामी महिना रसियामा आयोजना हुने वर्ल्डहाप्किडो च्याम्पियनसिपमा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि संचालन भएको बन्द प्रशिक्षणमा सहभागी २० जना खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ जना खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ । बन्द...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
काठमाडौँ । पछिल्लो समयमामानव बेचबिखन ओसारपसारका तस्करहरू नेपालबाट बाहिर लैजान मात्र होइन बाहिरबाट राज्य दमनका परेका मानिसहरूलाईतेस्रो मुलुकको प्रलोभनमा परेका रोहिंग्या मुस्लिम समुदाय लगायतका मानिसहरूलाई मोटो रकम लिएर नेपालमा ल्याउने धन्दा मौलाउन थालेको छ । यसै क्रममा काठमाडौँको कपनमा करिब...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरुभएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् । हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ । २१७ वटा कम्पनीको एककरोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारले पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा आफूलाई फसाइएको रपूर्वाग्राहराखिएको दाबी गरे। न्यायालयबाट आफूमाथि न्याय प्राप्त हुनेमापूर्ण विश्वास रहेको भन्दै उनले लामो षड्यन्त्र...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म ७ चैत २००५ मा भोजपुरमा भएको हो । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाछन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमाउदयपुर-...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पद बहाल गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ । त्यस्तै,आज तेजाबी...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...