जेठ १३, २०७७, मंगलबार

५२७५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
काठमाडौँ । काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका५ का २३ वर्षीय रञ्जन...
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
काठमाडौ । हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ । सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
धनुषा । सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं.२ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन)क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिकाले दैनिक ज्यालादारी गरी खानुपर्ने वर्गलाई श्रमसँग जोड्ने योजनाअनुरुप सार्वजनिक विकास निर्माणको काममा लगाउने भएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्न बन्दाबन्दी गरिएको अवस्थामा मजदुर वर्गलाई आवश्यक खर्च व्यवस्थापन गर्न सहज होस् भन्ने अभिप्रायका साथ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कञ्चनपुर । कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौ । विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख सरस्वती...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
लहान । मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
लहान । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
सोलुखुम्बु । घनले प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा महाकुलुङ गाउँपालिका(१ साब्दी बस्ने ३० वर्षीय युबराज बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । युबराजले सोही ठाउँ बस्ने २८ वर्षीय पुरुषलाई गोठ नजिकै जम्मा पारी राखेको पत्करमा आगो लागेको बिषयमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
बाँके । निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कोहलपुर । नेपालभारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडाै ।इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिकरुपमा कोभिड १९ सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । आइतबार सो गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको ४६ औँ गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरे पनि चोर बाटो रोक्न हम्मे हम्मे परेको छ । चोर बाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन । भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड ९डिसहोम०ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री...