बैशाख ५, २०८१, बुधबार

२२०९६ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा...


लोकसंवाद संवाददाता,   पुष १९, २०७७
पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम७...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं ।त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
शङ्खरापुर । शङ्खरापुर नगरपालिका४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ । देशव्यापीरूपमा निःशुल्क गुर्जोका बिरुवा एवं यसबाट बनेका धुलो, गुर्जोबाट बनेको औषधि, चियालगायत सामग्री वितरण गर्दै...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं । मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
लमजुङ । जलविद्युत् आयोजनाको हब बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । जिल्लाको बेँसीशहर नगरपालिका१ दलालमा रहेको जिल्लाकै...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
पोखरा । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ शृङ्खला शनिबार दमौलीमा सम्पन्न भएको छ । जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
तनहुँ । गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
तनहुँ । सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
बैतडी । हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो । केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्याउन देशभर अस्पताल निर्माण तीव्र बनाएको छ...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दानाखुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडौँ । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्षका उम्मेदवारी दिएका छन् । सोमबार हुने निर्वाचनमा कालोसूचीमा रहेका व्यवसायी टिकाराज ढकालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यस अघि तोकिएको मितिमा निर्वाचन...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
चितवन । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारलेपाँच करोड ७५ लाख रुपैयाँको बोलपत्र...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
२० जनवरीमा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल सकिँदैछ । ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि ट्रम्प एक कार्यकाल बिताएर बिदा हुन लागेका हुन् । ट्रम्प राष्ट्रपतिबाट बिदा हुनै लाग्दा अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी उनले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यचौको टोलीको चार दिने नेपाल भ्रमण खास उपलब्धि विहीन भएको अनुमान गर्न थालिएको छ । विभाजनलाई रोक्नेउद्देश्य लिएर आएको भनिएकोटोलीले नेकपाका नेताहरूसँगको भेटघाटपछि...