बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
मकवानपुर । प्रदेश नं ३ संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको दाहालनेपाल सूमहले जानकारी दिएकाेछ । सो विषयमा दाहालनेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ । पुस ९ गते पार्टी मुख्यालय पेरिसडाँडामा बसेको दाहालनेपाल सूमहको बैठकले संसदीय दलको...


लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच)मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
गाेरखा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाैंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा)अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
गण्डकी । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत एयरपोर्ट बुलबुले नजिक घर बताउने रमेश नामका बालकलाई 'एक्सप्रेस मानव बेचबिखन...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन ।...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा दृश्यावलोकन स्तम्भको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ । अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सो...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
बागलुङ ।गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोपटक रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका७ रेश पुग्ने सडक...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
हुम्ला । सुढेनी महिलाको सहायतामा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
झापा । नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ । पुस्तकालय समितिको आज बिहान बसेको बैठकले श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान हास्यव्यङ्ग्य कवितामा योगदान पुर्याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई५१...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
जनकपुर । मुख्यमन्त्री लालबावु राउतले किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
दाङ । दाङमा चालू आर्थिक वर्ष २०७७/७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका छन् । कार्यालय प्रमुख राजु आचार्यका...