चैत्र १६, २०८०, शुक्रबार

५२० समाचारहरू

एजेन्सी,   भदौ २, २०७८
गत शनिबार हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ । उक्त भूकम्पमा परी ९ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।...


एजेन्सी,   श्रावण ३२, २०७८
मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएकाछन् । विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाह समक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । उनले सोमबार सामाजिक संजालहरूमा उल्लेख गरेकाछन्, 'हाम्रो मन्त्रिपरिषद्ले राजा समक्ष राजीनामा दिएको...

एजेन्सी,   श्रावण ३१, २०७८
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो । विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको...

एजेन्सी,   श्रावण ३१, २०७८
हाइटीमा शनिबार गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्पपछि आइतबार पुनः ५.८ म्याग्निच्युडको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ । शक्तिशाली घातक कम्पन आएको एक दिनपछि...

एजेन्सी,   श्रावण ३१, २०७८
अफगानिस्तानमा सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ । सरकारविरोधी हमलालाई तीब्र पार्दै आइतबार राजधानी पसेको तालिबानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिबानले अस्वीकार गरेको थियो ।...

एजेन्सी,   श्रावण ३१, २०७८
अफगानिस्तानको राजधानी काबुलबाहेकका सबै प्रमुख शहरहरूमाथि तालिबानले कब्जा गरेको दाबी गरेका छन् । अहिले तालिबान तीव्र रूपमा काबुलतर्फ अगाडि बढिरहेको छ । आइतबार बिहानै अफगानिस्तानको जलालबादमाथि नियन्त्रण कायम गरेको तालिबानको दाबी छ । यससँगै अफगान सरकारको नियन्त्रणमा रहेको प्रमुख शहर...

एजेन्सी,   श्रावण २९, २०७८
चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू ४ जना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा...

एजेन्सी,   श्रावण २८, २०७८
संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी र...

एजेन्सी,   श्रावण २७, २०७८
तालिबान लडाकुसमूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दाबी गरेको छ । गत ४ दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो...

एजेन्सी,   श्रावण २४, २०७८
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जापानको मौसम...

एजेन्सी,   श्रावण २४, २०७८
अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दाबीगरेको छ । अफगानिस्तानको ग्रामीण इलाकामा प्रभावरहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी...

एजेन्सी,   श्रावण २१, २०७८
सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ जना तालिवान लडाकुमारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरू११९ जना घाइते भएका अधिकारीले जनाएका छन् । विशेष गरेर नान्गार्हार, कान्दहर, फराह, हेरात, हेल्मान्ड, तखार,...

एजेन्सी,   श्रावण १७, २०७८
विमानबाहक युद्धपोत एचएमएस क्विन एलिजाबेथसहित बेलायती नौसेनाको क्यारियर स्ट्राइक ग्रुप विवादास्पद साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेपछि चीनले कुनै गलत हर्कत नगर्न चेतावनी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को मुखपत्र ग्लोबल टाइम्सले भनेको छ, चीनको जनमुक्ति सेना कुनै पनि...

एजेन्सी,   श्रावण १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाकाकारण १५० वटा जिल्लाकाएक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको...

एजेन्सी,   श्रावण १२, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएकाछन् । तर, अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने उनले जानकारी दिएका छन् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका...

एजेन्सी,   श्रावण १२, २०७८
जारी ३२औँटोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन् । टोकियो ओलम्पिक, २०२० अन्तर्गत महिला एकलतर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन् । विश्व वरीयतामा ४२औँस्थानमा रहेकी...

एजेन्सी,   श्रावण ८, २०७८
कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ योजना चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदानोम गेब्रियेससले...