बैशाख ६, २०८१, बिहिबार

५२० समाचारहरू

एजेन्सी,   फाल्गुन १६, २०७८
किभ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए । टेलिफोन वार्तामा प्रधानमन्त्री...


एजेन्सी,   फाल्गुन १३, २०७८
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नुपरेको बताउँदै उनले पश्चिमा देशहरूसमक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्कीले अमेरिकी सैन्य गठबन्धन नेटो र...

एजेन्सी,   फाल्गुन १२, २०७८
मस्को । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी...

एजेन्सी,   फाल्गुन १२, २०७८
किभ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने...

एजेन्सी,   फाल्गुन ११, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरूलाई बोलाएर आफ्नो विरोध जनाएका छन् । अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगीनसकेको तर अन्य देशहरूका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निश्कासन...

एजेन्सी,   फाल्गुन ११, २०७८
रुसले युक्रेनमा आफ्ना कूटनीतिक नियोगबाट कर्मचारी हटाउने भएको छ । रुसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वी युक्रेनमा रुसी फौज परिचालन गर्न अनुमति दिएको थियो । (कूटनीतिज्ञहरूको) जीवन रक्षाका लागि युक्रेनमा रहेका रुसी विदेशी नियोगका कर्मचारीहरूलाई हटाउने निर्णय रुसी नेतृत्वले गरेको...

एजेन्सी,   फाल्गुन ११, २०७८
इस्लामाबाद ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत रपाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच...

एजेन्सी,   फाल्गुन ११, २०७८
न्युयोर्क । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाउने क्रम बढ्दो छ । बेलायतले रुसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना...

एजेन्सी,   फाल्गुन ११, २०७८
काठमाडौँ । बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता...

एजेन्सी,   फाल्गुन १०, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विखन्डनकारीहरूको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् ।स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् । बिखन्डनकारीको नियन्त्रणमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रुसले बताएको छ...

एजेन्सी,   फाल्गुन १०, २०७८
युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनका२ वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार)को अन्तर्राष्ट्रिय मानांक ७वर्षयताकै उच्च भएको छ । बेलायतलगायत पश्चिमेली गठबन्धनहरूले रुसमाथि...

एजेन्सी,   फाल्गुन १०, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो । पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री...

एजेन्सी,   फाल्गुन १०, २०७८
न्युयोर्क । बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले निन्दा गरेका छन् । रुसी कदमले किभको सार्वभौमसत्तामाथि उल्लंघन गरेको गुट्रेसले बताएका छन् । महासचिवले रुसी संघको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको...

एजेन्सी,   फाल्गुन ९, २०७८
रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरूबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनीहरूबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा...

एजेन्सी,   फाल्गुन ९, २०७८
बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको ११७ सदस्यीय विधानसभा चुनावको मतदान स्थलमा जबर्जस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यस पटकको चुनावमा सोनुकी बहिनी माल्भिका कांग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी...

एजेन्सी,   फाल्गुन ९, २०७८
रुसले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटेलाइट तस्बीरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ । नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बीर सार्वजनिक गरेको...

एजेन्सी,   फाल्गुन ९, २०७८
अस्ट्रेलियाले २ वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको...

एजेन्सी,   फाल्गुन ५, २०७८
युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रुसी सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरूले संयुक्त अनुरोध गरेका हुन् ।...