बैशाख ७, २०८१, शुक्रबार

३५ समाचारहरू
डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।

डा. सदानन्द कडेल,   श्रावण १०, २०८०
'ठुल्भाइ, गाउँमा आएर धम्मरधुस गरेर बाँझो खेत भत्काउन पो थाल्यौ नि त, तिम्रो जागिर गयो कि क्या हो ?' ठ्याक्कै तीन वर्ष अघि गाउँकी एउटी दिदीले सोध्नु भएको यो प्रश्न अहिले पनि मेरो दिल दिमागमा तरंगित भइरहन्छ । त्यतिबेला ४...


डा. सदानन्द कडेल,   श्रावण ६, २०७९
रातको ११ बजेको छ । चन्द्रमा अत्यन्तै प्रसन्न भएर मुस्कुराइरहेको छ । बादलले छेक्न नभ्याए काले आकाशमा ताराहरू आँखा झिम्क्याइ रहे जस्ता देखिन्छन् । कालो बादल पश्चिमी आकाशबाट पूर्वतिर बेगमार्न लालायित देखिन्छ । पूर्वी आकाशमा सेता वादलकाझुण्डहरू बिछट्टै आकर्षक देखिन्छन्...

डा. सदानन्द कडेल,   असार ३१, २०७९
मजुवामा मटर आइपुग्यो रे भन्ने हल्ला बतास सरी फैलियो गाउँमा । जीवनमा पहिलो पटक मोटर हेर्ने रहरले मन उद्वेलित भयो । किताबको चित्रमा मात्रै देखेको मोटर कसरी कुद्छ होला त सडकमा ? त्यसमाथि चढेर यात्रा गर्दा झन् कस्तो मज्जा आउँछ...

डा. सदानन्द कडेल,   असार २९, २०७९
ढपक्क ढाक्ने त्यो बिर्के टोपी थपक्क शिरमा टपक्क टिप्यौ घन्किने भाका वन पाखा भिरमा जनताको बोली लिपिमा घोली पस्किने कलम नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम । गरेर उल्था रामायण ठेली नेपाली भाषामा छरेर ज्योति ज्ञानको खेती सपार्ने आशामा सुरुका...

डा. सदानन्द कडेल,   जेठ २१, २०७९
नेपालमा बिकासात्मक कार्यक्रम तथा परियोजनाहरू संचालन गर्न सहयोग गर्दै आइरहेको संस्था, प्लान इन्टरनेशनलले नयाँ अवधारणालाई अगाडी सारेको थियो । जुन बाल केन्द्रित सामुदायिक विकास अवधारणा को नामले चर्चित थियो । नेपालमा लागु हुनुभन्दा पहिले फिलिपिन्स र बंगलादेशमा नमूना परियोजना मार्फत...

डा. सदानन्द कडेल,   जेठ ६, २०७९
सानो छँदा मैले एउटा गीत सुनेको थिएँ, चार भन्ज्याङ हजुर भित्र छैन इष्टमित्र, बानेश्वरमा एउटा मित । काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित बाँड भन्ज्याङ, दक्षिणमा रहेको फर्पिङ भन्ज्याङ, पूर्वी नाका साँगा भन्ज्याङ र उत्तर तर्फको पाँचमाने भन्ज्याङलाई नै चार भन्ज्याङ भनिएको...

डा. सदानन्द कडेल,   बैशाख २३, २०७९
कोरोना माहामारीले आक्रान्त पारेर कोमामा गएको घुमफिर गर्ने रहर बौरिएर आएपछि नयाँ वर्ष २०७९ को पहिलो दिन पारिवारिक यात्राको योजना बन्यो । आ-आफ्नो पेसा तथा अध्ययनमा व्यस्त हुनुपर्ने हुँदा परिवारका चारै जनाको एकैचोटि समय निकाल्न सजिलो थिएन । तथापि, विघ्नबाधालाई...

डा. सदानन्द कडेल,   चैत्र २५, २०७८
सानै छँदा 'घर त बन्दीपुर सुन्तला टिपेर खाउँला भन्ने सुर'बोलको गीत सुनेको थिएँ । सुन्तला भनेपछि हुरुक्कै हुने मान्छे मलाई 'सुन्तला टिपेर खान मिल्ने त्यो ठाउँ कत्ति रमाइलो होला ?'भन्ने खुल्दुली हुनु स्वभाविक थियो । 'एकदिन त्यहाँ घुम्न जानुपर्छ'भन्ने चाहनाको...

डा. सदानन्द कडेल,   चैत्र १२, २०७८
२४ असार २०६७ मा दक्षिणपश्चिम एसियाको राजतन्त्रात्मक देश जोर्डनको पहिलो यात्रा सुरु भयो, एक अनुसन्धाताको रूपमा । नयाँ मुलुकको यात्रा सुरु हुनेबित्तिकै बिछट्टै फुर्किने मन यस पटक भने अलिक गम्भीर भएको थियो । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा पिएचडी...

डा. सदानन्द कडेल,   फाल्गुन २७, २०७८
१ मंसिर २०५८ भाइटीकाको दिन, म बंगलादेशको राजधानी ढाका एयरपोर्टमा पर्खिरहेको थिएँ । दिउँसो १.३० बजेको फ्लाइट भएकाले काठमाडौं पुगेर टीका लगाउन भ्याइन्छ भन्ने सोचिरहेका बेला डेड घण्टा डिले भएको सूचना आउँदा दिक्क लागिरहेको थियो । विमान एयरलाइन्सले अर्को बोर्डिङ...

डा. सदानन्द कडेल,   फाल्गुन १३, २०७८
अस्ट्रेलियाली दूतावास काठमाडौंमा बरिष्ठ शिक्षा सल्लाहकारको रूपमा काम सुरु गरेपछि कंगारुको देशमा भ्रमण गर्ने साइत कहिले जुर्ने होला ? भन्ने प्रश्न मेरो दिमागमा आइरहन्थ्यो । क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी (क्यूयूटी)मा संचालन हुने समावेशी शिक्षासम्बन्धी छोटो कोर्ष तथा तालिममा नेपालबाट पठाइने...

डा. सदानन्द कडेल,   माघ २१, २०७८
शनिबार बिहान ब्युँझेर अनि हल्का फ्रेस भएर पनि फेरि सुत्न मनपर्छ मलाई । उठ्न खोज्दा कसैले भनेजस्तो लाग्छ, आज शनिबार त तिम्रो डेडलाइन नहोला नि ? कोरानाको तेस्रो लहरको कहर छ । किन मरिहत्ते गर्छौ ? हुन पनि हो, २...

डा. सदानन्द कडेल,   माघ ७, २०७८
जागिर पाएको दोस्रो दिनमै जिन्दगीमै पहिलो पटक हवाई जहाज चढेर दिपायल पुग्दा निकै मज्जा आएको थियो । तर, डोटीको राजपुरस्थित सेती शिक्षा परियोजनाको मुख्य कार्यालयमा फिल्ड कोअर्डिनेटरका रूपमा हाजिर भएको सातौँ दिनमा नै लगातार अढाइ महिनाभन्दा बढी समयका लागि फिल्ड...

डा. सदानन्द कडेल,   पुष ३०, २०७८
गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किंदा हाम्रा प्रशिक्षक योहोसुवाले अर्को यात्रामा मृत सागर (डेड सी) लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरंग फैलिएको थियो । झन् उनले डेड सी जाँदा प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने प्रसंग...

डा. सदानन्द कडेल,   पुष २३, २०७८
नयाँ ठाउँमा यात्रा गर्ने भन्नेबित्तिकै फुरुङ्ग पर्छु म । खै किन हो कुन्नि ? सानैदेखि लागेको बानी हो यो । झन् विदेशको यात्रा भनेपछि त आकाशिन्छ मन अनि विचरण गर्न थाल्छ सेतो बादलको थुङ्गा माथिमाथि । ठ्याक्कै १५ महिनापछि फेरि...

डा. सदानन्द कडेल,   असार २५, २०७८
नियात्रा लेख्ने हुटहुटीले दुई दशक पुरानो यात्राको डायरी पल्टाउन बाध्य बनायो। डायरीले दुई दशक अगाडि विताइएकाे जवान अवस्थामा आफू पुगेको अनुभूति नहुने कुरै भएन ।यसको मतलब अहिले बुढो भएँ भन्न खोजिएको चाही पक्कैहैन। आधा शताब्दी रुपी बेसक्याम्पबाट उकालो लागिसके पनि...

डा. सदानन्द कडेल,   असार १५, २०७८
छुपुमाछुपु धान रोप्दै किसान, असारको पन्ध्रमा धपक्कै बल्ने मुहार तिम्रो, बिर्साउने चन्द्रमा साहामा हरिस जोतारा नारा, हल गोरु नारेर कुलो र समाहा झारेर पानी, हिलाम्मे पारेर कोही छन् साउदै कोही बाउसे लाउदै, पौरखी अपार धान् रोप्दै खेतमा असारे भाखा, गाउँदैछन्...

डा. सदानन्द कडेल,   असार २, २०७८
वि.सं. ०४६ सालमा एउटा शैक्षिक बेसलाइन सर्वेक्षणको सिलसिलामा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको अवलोकन गर्ने मौका मिलेको थियो । सर्वेक्षणको कथाले मागे अनुसार डिल्लीचौर, चौड, मणि साँघु, गुठीचौर, लर्मी, जुम्लाकोट, चिउडी, खेत, तलिकुडी, मोफ्ला, नराकोट, लुड्कु, सिञ्जा,...