बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
डोटी । पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको...


लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
कास्की । बोधिसत्वा विहार काठमाडौँले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
काठमाडौं । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध भएन भने जटिल अवस्था रहिरहने चेतावनी दिएको छ। डब्लूएचओका नेपाल प्रमुख डा राजेश शम्भाजिराव पाण्डवले एक भिडिओ जारी गर्दै एसियाली क्षेत्रमा नयाँ नयाँ भेरियन्ट देखिँदै गरेको र तीव्र गतिमा...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो । यसका लागि प्रत्येक वडाले आफूअनुकूल...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि यही जेठ ८ गते...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
डोल्पा । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ । सबै...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
काठमाडौं । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकामा कोभिड१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
झापा । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
चितवन । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
लमजुङ । निषेधाज्ञा र कोरोना सङ्क्रमण फैलिरहेको बेला लमजुङमा सुरक्षित प्रसूति सेवा लिनेहरुमा भने कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५०...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
बागलुङ । ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
कैलाली । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आउनुभएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेनिस...