बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
उदयपुर ।मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका-१४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । अरुण ठाकुरलगायत आसपासका स्थानीयहलाई स्वास्थ्यमा पहुँच पुर्याउन एम्बुलेन्स प्रदान गरिएको सिमेन्ट प्रालिले जनाएको छ । प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र...


एजेन्सी,   माघ १३, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा लामो समयसम्म छाला र प्लास्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामा जस्ता यसअघिका भेरिएन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएकाे हाे ।...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ...

ज्ञानमित्र,   माघ ११, २०७८
भारतको एउटा प्राइभेट अस्पताल 'म्याक्स हेल्थ केयर'ले गरेको अध्ययनअनुसार ओमिक्रोनको लहरमा मर्नेहरूमध्ये ६० प्रतिशत कि त भ्याक्सिनको एक डोज मात्र लगाएका अथवा भ्याक्सिन नलगाएका मानिस थिए । म्याक्स हेल्थ केयरका अनुसार ओमिक्रोन संक्रमणको लहरमा यसका अस्पतालमा ८२ जनाको निधन भयो...

एजेन्सी,   माघ ११, २०७८
के तपाईंले कसैको मृत्युबारे भविष्यवाणी गर्नुभएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरूले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन...

एजेन्सी,   माघ १०, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ, डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने...

एजेन्सी,   माघ १०, २०७८
कोरोना भाइरस संक्रमणको महामारीले २ वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरदेखि कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वर्ल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म...

एजेन्सी,   माघ ९, २०७८
बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (यूकेएचएसए)ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।...

एजेन्सी,   माघ ९, २०७८
संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ ।उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औँलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले सन् २०१६...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजिटिभ देखियो, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण...

ज्ञानमित्र,   माघ ८, २०७८
कम्प्युटर खोल्नासाथ मित्र चन्द्र खाकीको पोस्टमा नजर पर्यो । 'जिसका डर था बेदर्दी वही बात हो गई ।' शरच्चन्द्र वस्ती दाइले हिजो नै फोनमा जे लक्षण भन्नुभयो, त्यसले गर्दा उहाँलाई भेट्न जानु आवश्यक थियो । फेरि आज बिहान कुनै एक...

ज्ञानमित्र,   माघ ७, २०७८
कोरोना भाइरसको उदय भएदेखि २५ जनवरी २०२० देखि यसको स्वअध्ययन गर्दै आएको छु । अहिलेसम्म यसबारे देशसञ्चार, रातोपाटी, नेपालन्युज, सरलपत्रिका, केन्द्रबिन्दु, आयोमेल, कोशीअनलाइन, लोकसंवाद अनलाइनमा र नयाँ पत्रिका दैनिकमा गरी १५० वटाभन्दा बढी लेख लेखेको छु । विभिन्न अनलाइन टीभीका...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको...

एजेन्सी,   माघ ७, २०७८
अमेरिकाको अलबामामा चिकित्सकहरूले वंशाणुगत रूपमा परिवर्तन गरिएको सुुँगुरको मिर्गौला एक 'ब्रेन डेड' मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीय जिम पार्सनलाई 'ब्रेन डेड' घोषणा गरिएको...

ज्ञानमित्र,   माघ ६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ ।...

एजेन्सी,   माघ ६, २०७८
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा संचालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही...

एजेन्सी,   माघ ६, २०७८
हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का अनुसन्धानकर्ताहरूले लालीगुराँसमा पाइने तत्त्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड- १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको...