लागू औषध ब्राउन सुगरसहित सीमा क्षेत्रबाट २ जना पक्राउ

लागू औषध ब्राउन सुगरसहित सीमा क्षेत्रबाट २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७७

कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ स्थानका ३० वर्षीय सुरेश राना रहेका छन् । 

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । सो स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।  

बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ ।