फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेलाई कोरोना संक्रमण

फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेलाई कोरोना संक्रमण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २३, २०७७

फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे कोरोना भाइरस संक्रमित भएका छन् । 

फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो ।

उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गत साता पीएसजीका ६ जना खेलाडीमा संक्रमण देखिएको थियो ।

एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा परेको छ । 

२१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबारराति भएको खेलमा फ्रान्सको जितमा गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट टाढा राखेर घर पठाइएको छ ।