तपाईंको मुटु कत्रो ?

तपाईंको मुटु कत्रो ?

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  चैत्र १३, २०७५

नेपालीमा एउटा भनाइ छ– मुटु ठूलो हु्नुपर्छ । तर, यसको आशय पक्कै आकारसँग सम्बन्धित होइन होला । शरीरमा मुटु रहने निश्चित स्थान छ । त्यो स्थानमा मुटु च्यापिएर रहने गर्छ । 

आकारमा ठूलो भएको मुटुलाई शरीरमा अतिरिक्त कुनै स्थान पाउने सम्भावना त के कल्पना पनि गर्न सकिन्न । 

ठूलो सानो मुटु मानिसले प्रयोग गर्ने शब्दावली मात्रै हुन् । 

प्रत्यारोपण गर्न सफा गरिएको मानव मुटु । 

सामान्यतया मानिसको मुटुको औसत तौल पुरुषमा तीन सय ग्राम र महिलामा दुई सय ग्राम रहेको हुन्छ । यसैगरी मुटुको आकार १२ सेन्टिमिटर लामो र आठ सेन्टिमिटर चौडा रहेको हुन्छ । मानव शरीरमा योभन्दा ठूलो मुटुको कल्पना हाम्रो सामाजिक, सांस्कृतिक, व्यावहारिक अथवा भावनात्मक कुरा मात्रै हो ।

संसारकै सबैभन्दा ठूलो ‘ब्लु ह्वेल’ माछाको मुटु । 

आकारमा ठूलो मुटुकै कुरा गर्ने हो भने यसको श्रेय ‘ब्लु ह्वेल’लाई प्राप्त छ । यसको मुटुको आकार एउटा कारजत्रो र तौल झन्डै ६ सय किलोग्रामसम्म हुने गर्छ ।