आयस्रोत र दैनिक कमकाज ठप्प हुँदा आम मानिसमा बढ्दो मानसिक समस्या

आयस्रोत र दैनिक कमकाज ठप्प हुँदा आम मानिसमा बढ्दो मानसिक समस्या

निर्जला कक्षपति  |  दृष्टिकोण  |  भदौ २३, २०७७

विगत छ महिनादेखि ठप्प रहेको अर्थतन्त्रले गर्दा हरेक क्षेत्रमा समस्या पैदा गरेको छ । विशेष गरी मध्यम र निम्न वर्गीय परिवार (जो साँझ बिहान काम गरेर दुई छाकको जोहो गर्छन्) यी वर्गका व्यक्तिलाई अब बिस्तारै आफ्नो भोको पेट कसरी भर्न सकिएला भन्ने पिरले थला पर्न थालेको छ । उनीहरूलाई कोरोना कहरको डर भन्दा भोको पेट र भोकमरीको डर छ । गरिब निमुखा जनता र भोको पेटको कुरा गरिरहँदा कोभिड–१९ को असर हाम्रो देशमा मात्र परेको होइन भन्ने कुरा पनि आउँछ । तर गरिब र निमुखा जनताले सरकारलाई आफ्नो भनेर अपनत्व गर्न नसकेको अवस्थामा र जनतालाई दुःख परेका बेला आँखाबाट धरधरी आँसु झर्नु स्वाभाविक हो । 

कोरोनाका कारण काम गर्न नसकेको र घरधनीलाई घर भाडा तिर्न नसकेपछि घरधनीले घरबाट निकालिदिएको भन्दै धरधरी रोएको भारी बोक्ने मजदुरहरूको दृश्य सामाजिक सञ्जालमा देख्दा साह्रै मन दुख्न थालेको छ ।  अति नै नराम्रो लाग्यो र नराम्रो लाग्नु स्वाभाविक नै हो  । कत्तिले त घरधनीलाई सराप्नु सरापे । हेर ! कस्तो निर्दयी मन भनेर धिक्कारे । यस्तो कुरा सुनेपछि, देखेपछि जोकोहीलाई दुःख लाग्ने नै भयो । यत्रो छ महिना देश, बन्दाबन्दीको अवस्थामा रहँदा सरकारले यस्ता निमुखा जनताका लागि विशेष कार्यक्रम ल्याएन र निमुखा जनताका बारे केही सोच पनि राखेन ।

हिले महामारीका बेलामा पनि जनता स्वयंले, आफ्नो जोहो आफै गर्दै ज्यान जोगाउनु आवश्यक छ । सरकारले दुःख पाएका बेला मलाई केही गर्ला, खान पाएन भने खान देला भनेर आस गर्नु व्यर्थ छ । यदि सरकारले देख्थ्यो र सुन्थ्यो भने दिनहुँ रत्नपार्कमा खाना खानका लागि लामबद्ध भोका पेटहरूका बारे केही सोच्ने गर्दथ्यो नि !

खाली जनतालाई घरमा थुनेर राख्यो भने मात्र समस्या समाधान हुन्छ भन्ने सोच राखी रह्यो । ६ महिनादेखि देशको अर्थव्यवस्था चलायमान हुन नसक्दा हरेक क्षेत्रमा यसले निकै प्रभाव पारेको छ । कोरोनाका भाइरसका कारण उत्पन्न लकडाउनको अवस्थाले गर्दा झन्डै ६१ लाख नेपालीले रोजगारी गुमाइसकेको सरकारी तथ्यांकल नै देखाउँछ । साँझ बिहान काम गरेर गुजारा चलाउनेहरूले काम पाउनै छाडे । व्यापार व्यवसाय ठप्प छ । साँझ बिहानको छाक नै कसरी टार्ने भन्ने पिरलो बढ्दै जाँदा आत्महत्याको दर समेत बढ्दै गएको छ । 

चिकित्सकका अनुसार कोरोनाका कारण नेपालमा आत्महत्या गर्नेको दर २० प्रतिशतले बढेको छ । कोरोना हुनु अघि नेपालमा हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ भने कोरोना पछि हरेक दिन १७ देखि १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । के कारणले आत्महत्या गरे भनेर हेर्‍यो भने तनाव र डिप्रेसनमा परेर धेरैले आत्महत्या गरेको पाइएको छ । 

मानिसका समस्या यति धेरै छन् कि समस्यालाई समाधान गर्ने आँट र साहाश नभएर पनि मानिसहरू छटपटिएका छन् । कोरोना सर्ला की भन्ने डर उत्तिकै छ । कोरोना स¥यो भने समाजले गर्ने दूर व्यवहार सम्झेरै धेरै मानिसको टाउको दुख्ने गर्दछ । मानिसको शरीर न हो, कुन बेला के हुन्छ थाहा हुँदैन । यस्तो बेलामा अस्पताल जानु प¥यो भने के दूर गति हुने होला ? भनेर धेरै मानिसहरू यत्तिकै चिन्तित देखिन्छन् । सामान्य अवस्थामा त, बिरामीले अस्पतालबाट राम्रो सेवा सुविधा पाउन मुस्किल पर्छ । यस्तो महामारीका बेला पनि पहिलेको मूल्यमा शुल्क लिएर उपचार गरिदैंन भनेर निजी अस्पतालले खुलेआम भनिरहँदा सरकार लाचार देखिन्छ । हरेक निजी अस्पतालले मनपरी रकम असुली रहेका छन् । 
यसैगरी प्राय मानिसको, व्यापार व्यवसाय यतिबेला ठप्प अवस्थामा छ । आम्दानीका स्रोतहरू सुकेका छन् । आम्दानी राम्रो गरी हुन नसक्दा बोझ थपिएको छ । मानिसले तनाव धेरै लिन थालेका छन् । यही तनावका कारण मानिसमा टाउको दुखिरहने, वाकवाकी लाग्ने, अनिद्रा, अरुचि जस्ता समस्याले सताउन थालेको छ । मानि, एक्लै बस्न रुचाउने अनि अँध्यारोमा बस्ने र मनमा अनेक तर्कना खेलाउने गर्नाले धेरै मानिस डिप्रेसनको सिकार हुँदै छन् ।

ऋण लिएर व्यापार व्यवसाय गर्नेहरूको व्यथा झनै जटिल छ । व्यापार नहुँदा बैङ्कलाई ऋण बुझाउन मुस्किल पर्न थालेको छ । बैङ्कले भने व्याज लिन छाडेको छैन । यस्तो अवस्थामा पनि सरकारले चुइँक्क केही बोलेको होइन । सहुलियत दिने कुरा त कता हो कता ? उल्टो लकडाउन पछि केही दिन मालपोत जस्ता कार्यालयहरू खुल्ला गरिन्छन् अनि राजस्व उठाइन्छ । जनताको समस्यासँग भने सरकार बेखवर छ । कानमा बुझो हालेर बसेको छ । 

घरबेटीले पनि घर बनाउँदा ऋण लिएरै बनाएका हुन्छन् ।ऋण तिर्नका लागि पनि उ बहालमा बस्नेसँग बन्दाबन्दीको अवस्थामा पनि रुपैंया माग्न बाध्य हुनुपर्छ । सरकारले केही कुरामा सहुलियत र राहत दिएको भए पो मानिसहरू सम्झौता गर्न तयार हुन्थे । लकडाउनले गर्दा बत्तिको पैसा तिर्न जान नसक्दा कत्तिको घरमा बत्तिको लाइन काटी दिएको छ । टेलिफोनको पैसा तिर्न नसक्दा टेलिफोनकै लाइन काट्दिएको छ । यस्तो अवस्थामा पनि जनताका समस्या प्रति रतिभर गम्भीर नहुने हाम्रो सरकार छ । अनि के गर्नु ?

बुढापाकाहरू भन्ने गर्थे अनिकालमा आफैँ ज्यान जोगाउनु पर्छ । अहिले महामारीका बेलामा पनि जनता स्वयंले, आफ्नो जोहो आफै गर्दै ज्यान जोगाउनु आवश्यक छ । सरकारले दुःख पाएका बेला मलाई केही गर्ला, खान पाएन भने खान देला भनेर आस गर्नु व्यर्थ छ । यदि सरकारले देख्थ्यो र सुन्थ्यो भने दिनहुँ रत्नपार्कमा खाना खानका लागि लामबद्ध भोका पेटहरूका बारे केही सोच्ने गर्दथ्यो नि !

जे होस्, आफूलाई पुग्दो छ भने भाडामा बस्नेहरूसँग १(२ महिनाको भाडा नलिदैंमा घरधनी गरिब हुने छैनन् । हामी आफै मिलेर एकले अर्कोलाई सहयोग गर्नु नै समस्याको समाधान हुन सक्छ । यो जटिल समयमा आफू बाँच्नु र अरूलाई  बचाउन सहयोग गर्नु नै परम धर्म हो ।