भगौडा अर्बपति विजय माल्याको प्रस्तावः जेट एअरवेज चरम आर्थिक संकटमा

भगौडा अर्बपति विजय माल्याको प्रस्तावः जेट एअरवेज चरम आर्थिक संकटमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७५

काठमाण्डौ : इगंल्याण्डमा भगौडा जीवन बिताइरहेका भारतका पूर्वअर्बपति व्यवसायी विजय माल्याले जेट एअरवेजको समर्थनमा ट्विट गरेका छन् । 

भारतीय हवाई कम्पनी जेट एअरवेज अहिले चरम आर्थिक संकटबाट गुज्रीरहेको छ । केही दिन पहिला मात्रै यस कम्पनीका चेयरम्यान नरेश गोयल र उनकी पत्नी अनिता गोयलले निर्देशक मंडलबाट राजीनामा गरेका थिए । 

जेट एअरवेजमाथि एक अर्ब डलर भन्दा बढी ऋण रहेको छ । कम्पनीले बैंक लोनको किस्ता, आपुर्तिकर्ताको भुक्तानी र कर्मचारीको तलब भुक्तानी गर्न सकीरहेको छैन् । 

यस सन्र्दभमा विजय माल्याले ट्विटमा लेखेका छन् – म एकपटक पुनः भन्न चाहन्छु, मैले ममाथि रहेको बैंकहरुको ऋण भुक्तानीका लागि कर्नाटक हाइकोर्ट समक्ष आफ्नो लिक्विड परिसम्पत्ति राखी सकेको छु । बैंकहरु यसलाई लिलाम गरेर ऋण असुल उपर किन गर्दैनन् ? यो पैसाले अन्य ठूलो काम नभए पनि जेट एअरवेजलाई त डुब्नबाट बचाउन सकिन्छ । 

माल्याले आफ्नो ब्लगमा यो पनि लेखेका छन– मलाई यो सुनेर खुशी लागेको छ कि सरकारी बैंकहरुले कर्मचारी, कनेक्टिभिटि र इन्टरप्राइजलाई बचाउन जेट एअरवेजलाई ‘वेल आउट प्याकेज’ दिएको छ । 

पूर्वमा हवाई कम्पनी किंगफिसरका मालिक रहेका माल्याले अर्को टिव्टमा, ‘मैले आफ्नो कम्पनी किंग फिसरलाई बचाउन ४ हजार करोड लगानी गरेको थिएँ । तर, यसको वास्ता गरिएन र

किंगफिसरलाई सरकारी बैंकहरुले सहयोग नगरेर भारतको सबैभन्दा अब्बल दर्जाको एअरलाइन्स बन्द हुने स्थितिमा पुर्‍याए ।’ 

भारतको एसबीआई बैंक जेट एअरवेज कम्पनीलाई टाट पल्टनबाट जोगाउन अन्य सरकारी बैंकहरुसँग मिलेर प्रयास गरिरहेको छ ।