आलिया र रणबीरको प्रेमलाई स्वीकार्दै नितु कपुर

आलिया र रणबीरको प्रेमलाई स्वीकार्दै नितु कपुर

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र १३, २०७५

बलिउडको अहिलेको हिट जोडी रणबीर कपुर र आलिया भट्टको प्रेम सम्बन्धलाई लिएर बलिउडको सिने जगतमा चर्चा परिचर्चा हुने गरेको छ । उनीहरु दुबैले प्रेम सम्बन्धको बारेमा केही नबोले पनि फिल्मफेयर अवार्डमा उनीहरुले देखाएको क्रियाकलापले यी हल्लाहरु केवल हल्ला मात्र नभएर साँचो रहेको स्वयं आलिया र रणबीर कपूरको भनाईले पुष्टि गरेको छ ।  

फिल्मफेयर अवार्डमा फिल्म ‘राजी’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएपछिको आफ्नो मन्तव्यमा आलियाले रणबीर कपुरलाई ‘आइ लभ यु’ भनिन भने रणबीरले पनि सञ्जय दत्तमाथिको वायोपिक ‘सञ्जु’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जीतेको खुशिमा अलियालाई चुम्बन गरे । 

अवार्डपछिको दुबैको फोटो शोसल मिडियामा भाइरल भएको थियो । उक्त तस्वीर पछि रणबीर कपुरको आमा नितु कपुरको प्रतिक्रिया पनि आएको छ । जसमा उनले फिल्मफेयर अवार्डको स्टेजमा उभिएका आलिया र रणबीर कपुरको फोटो शेयर गर्दै भनेकी छन्, ‘यो क्षणले हरेक किसिमको तनावबाट आनन्द दिएको छ, तिमीहरु दुवैलाई बधाई तथा शुभकामनाका साथ गर्व पनि महशुस भइरहेको छ । म धेरै नै खुशी छु ।’