चलचित्र ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङको निधन

चलचित्र ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङको निधन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ २४, २०७७

चलचित्र ‘प्रेम गीत ३’ का निर्देशक छेतन गुरुङको निधन भएको छ । उनकोद गएराति मेट्रो अस्पताल महाराजगञ्जमा निधन भएको हो । 

कलेजोमा समस्या भएपछि २ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । 

नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डमरुको डन्डिबियो’ बाट निर्देशन सुरु गरेका थिए । 

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोना भाइरसको महामारीका कारण रिलिज हुन पाएको छैन ।