बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २४, २०७७

काठमाडौँ – आज भदौ २४ गते बुधबार सुनको मूल्य केही बढेको छ। मंगलबार घटेको सुनको मूल्य आज थोरै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैंयाले बढेको छ ।

आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले बढेको छ । 

आज तेजाबी सुनको मूल्य ९५ हजार ९ सय कायम भएको छ । 

मंगलबार भने सुनको मूल्य सोमबारको तुलनामा घटेको थियो । 

मंगलबार तोलामा ३ सयले घटेर सुनको मूल्य ९५ हजार ८ सय भएको थियो ।