भारतले स्याटेलाइट खसाल्यो,बन्यो संसारको चौथो महाशक्ति

भारतले स्याटेलाइट खसाल्यो,बन्यो संसारको चौथो महाशक्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७५

 

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनमा उनले महत्वपूर्ण सन्देश दिंदै ‘लो अर्थ अर्विट’मा रहेको स्याटेलाइटमाथि प्रहार गरिएको बताए ।

काठमाण्डौ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रलाई सम्बोधन गर्ने क्रममा महत्वपूर्ण जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार भारतले आज एउटा एक्टिभ स्याटेलाइटमाथि अर्को स्याटेलाइटबाट ‘एन्टी स्याटेलाइट मिसाइल’ प्रहार गरी नष्ट गरेको छ ।

सम्बोधन प्रारम्भ गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतले आज आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा लेखाउने सफलता पाएको छ । अहिलेसम्म संसारका तीनवटा देश अमेरीका, रुस र चीनलाई मात्रै यो उपलब्धि हासिल थियो । यस क्रममा भारत चौंथो देश बनेको छ ।’

सम्बोधनका क्रममा मोदीले थप जानकारी दिंदै भने– ‘आज केही समय पहिला हाम्रा वैज्ञानिकले अन्तरिक्षमा पृथ्वीदेखि ३०० किमि माथि ‘लो अर्थ अर्विट’मा परिक्रमारत एउटा स्याटेलाइटलाई ध्वस्त बनाएका छन् । यो एउटा पूर्व निर्धारित लक्ष्य थियो । ‘एन्टी स्याटेलाइट मिसाइल’ले तीन मिनेटकै अपरेशनमा यो कार्य गरेको हो ।’

यसका लागि उनले यस अभियानमा संलग्न ‘मिशन शक्ति’का वैज्ञानिकलाई वधाई दिएका थिए । उनका अनुसार यस अभियानले कुनै अन्तराष्ट्रिय कानून भंग गरेको छैन्, र न त कुनै सन्धिकै उल्लंघन गरेको छ । ‘मिशन शक्ति’ले भारतको सुरक्षामा अर्को पाइला थपेको जिकिर पनि उनले सम्बोधनमा गरेका थिए ।