‘रंगीला’वाली उर्मिलाको राजनीतिक यात्रा

‘रंगीला’वाली उर्मिलाको राजनीतिक यात्रा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७५

काठमाण्डौ । आखिर त सबै कुराको मियो राजनीति नै हुँदो रहेछ । जुनसुकै प्रोफेसनका जतिसुकै सफल मानिसमा पनि राजनीतिमा पस्ने सुप्त चाहना रहेको हुन्छ । 
यसै क्रममा आफ्नो चाहना साकार पारेकी छन् चर्चित बलीउड अभिनेत्री उर्मिला मार्तोडकरले । 
उनको राजनीतिमा प्रवेश गर्ने धोको भारतको इण्डियन नेशनल कांग्रेसले आफ्नो ढोका खोलेर पुर्‍याएको छ । 

उर्मिलालाई आज कांग्रेस अध्यक्ष राहुल गान्धीले पार्टी सदस्यता प्रदान गरेका छन् । उनलाई कांग्रेसले मुम्बई नर्थबाट लोकसभा चुनाव लडाउने चर्चा चलेको छ । 

मुम्बई नर्थको लोकसभा सिटमा भाजपा र शिवसेनाको बलियो प्रभाव रहेको छ । २०१४ को निर्वाचनमा कांग्रेसका तर्फबाट यस क्षेत्रमा संजय निरुपम प्रत्यासी रहेका थिए । उनी ठूलो मत अन्तरले पराजित भएका थिए । 

मुम्बईको ६ वटा सिटका लागि अप्रिल २९ का दिन चुनाव हुने कार्यक्रम रहेको छ । उर्मिलाले चुनाव लडेको खण्डमा उनले भाजपाका वर्तमान सांसद गोपाल शेट्टीसँग प्रतिस्पद्र्धा गर्नुपर्ने हुन्छ । 
आफ्नो पहिलो फिल्म रंगिलाबाट अभिनय क्षेत्रमा सशक्त उपस्थिति बनाउने उर्मिलाको राजनीतिक यात्रा कस्तो हुन्छ, त्यो हेर्न भने २३ मे सम्म पर्खनु पर्ने हुन्छ ।