कीर्तिमानी सेरेना युएस ओपनको सेमिफाइनलमा

कीर्तिमानी सेरेना युएस ओपनको सेमिफाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २५, २०७७

अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । संघर्षपूर्ण खेलमा जीत हात पार्दै सेरेनाले अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन् । 

६ पटककी युएस ओपन विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरिन् । 

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३ र ६–२ को जीत निकाल्दै पिरोन्कोभालाई पराजित गर्न सफल भएकी हुन् ।

सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्का वा एलिज मर्टेन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छिन्।