चट्याङ लागेर बाग्लुङमा एककाे मृत्यु

चट्याङ लागेर बाग्लुङमा एककाे मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २५, २०७७

बाग्लुङ । ताराखोला गाउँपालिका-३ सिलमारे बस्ने २२ वर्षीय भिम बहादुर बस्नेतको चट्याङ् लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक चट्याङ पर्दा चोट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।