५५ वर्षे भारतीय मृत अवस्थामा फेला

५५ वर्षे भारतीय मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २५, २०७७

काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-९ सिस्नेरीस्थित जस्ताको टहरामा भारत घर भएका ५५ वर्षीय बलुदेव बंगाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।  
रुपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलीगढस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

पर्वत, कुश्मा नगरपालिका-९ ज्ञादीस्थित बाँसघारीको खोंचमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।