आगलागीबाट ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

आगलागीबाट ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २५, २०७७

कैलाली । धनगढी उपमहानरपालिका-१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा बुधबार राति विद्युत सर्ट भई आगलागी हुँदा सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरु जलेर करिब ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

घटनाको खबर प्राप्त हुनासाथै सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।