विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ९ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ९ लाख नाघ्यो

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २५, २०७७

विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ । 

हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।

सो विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ९ लाख ७९ जनाको मृत्यु भएको देखाइएको छ । साथै कोरोना भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।

त्यस्तै सो तथ्यांकअनुसार कोरोना भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् ।

उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।