भारत र चीनबीच सीमा विवाद कम गर्न पाँच बुँदे सहमति

भारत र चीनबीच सीमा विवाद कम गर्न पाँच बुँदे सहमति

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २६, २०७७

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर र उनका विदेशमन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्ताका क्रममा पाँच बुँदे सहमति भएको हो । 

यद्यपि बैठकमा भएको ठोस सहमति सार्वजनिक गरिएको छैन । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताएका थिए । 

चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको जयशंकरको भनाई थियो । 

चिनियाँ विदेश मन्त्रालयले दुई छिमेकी देशबीच असहमति हुनु स्वभाविक भएपनि त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको जनाएको छ ।