जापानकी नाओमी ओशाका युएस ओपनको फाइनलमा

जापानकी नाओमी ओशाका युएस ओपनको फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २६, २०७७

चौथो बरियताकी जापानकी खेलाडी नाओमी ओशाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।

शुक्रबार बिहान सम्पन्न खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओशाकाले फाइनलमा स्थान पक्का गरेकी हुन् ।

सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७–६ (७–१) ३–६ र ६–३ को सेटमा पराजित गरिन । 

२२ वर्षीया ओशाकाले उपाधिका लागि सेरेना विलियम्स र भिक्टोरिया अजारेन्काबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन् ।