भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २६, २०७७

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।