क्याम्पसको पठनपाठन अनलाइनबाट

क्याम्पसको पठनपाठन अनलाइनबाट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ २६, २०७७

लहान । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको सिरहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव वहुमुखी क्याम्पसले वैकल्पिक शिक्षण विधि (अनलाइन) बाट पठन–पाठन शुरु गर्ने भएको छ ।

क्याम्पस प्रमुख रामहित यादवले सूचना जारी गरी वैकल्पिक शिक्षण विधि (अनलाइन) बाट पठन–पाठन शुरु हुने जनाएको छ । अनलाइन कक्षाका लागि सम्वद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा, रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सूचनामार्फत विद्यार्थीलाई आग्रह गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डीनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षाहरु— २०७८ मंसिरदेखि शुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाइन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा उल्लेख छ ।