लद्दाखसँग मुक्तिनाथको तुलना : दार्जिलिङमा सिजनमा कोठा नपाउनु र इलामले पर्यटक ! आहा मेरो देश !!
भदौ २६, २०७७

हालीना भने मैले चुरोट खाएकोमा अति खिन्न हुने, सधै चुरोट छाड्ने दबाब दिइरहने।  फर्पिङगमा बस्न जानू अघि नै उनले एउटा यौगिक क्रिया-शंख प्रक्षालन गराएर चुराेट छोड़ाएकी थिइन। चुरोटसँगको यो वियोग झण्डै ५-६ महिना चल्यौ ।  तर जबलपुरदेखि खजुराहोको ट्याक्सी यात्रामा उनले यति तनाव दिइन कि मैले पुनः चुरोटको आश्रय लिनु पर्‍यो।

'अच्युत, यू  हयाभ अ गिफ्ट फ्रम भियना एयरपोर्ट' भन्दै ग्रेगोरले आफ्नो 'लगेज' बाट १० बट्टा  मार्लबोरो चुरोट रहेको दुइटा प्याक झिकेर दिए।

'अर यू क्रेजी ग्रेगोर , यू ब्रॉट सिगरेट्स फर हिम ?' हालीना चिच्याइन।

'व्हाइ नट ,व्हेन आई न्यू दैट ही एन्जॉय स्मोकिंग'।  इन माउंटेंस ही विल एन्जॉय इन्टरनेश्नल ब्राण्ड' ।

ग्रेगोरले कुराकानीको प्रसंग बदलिदै सोधे , अच्युत ट्रेकिंगमा जान चाहिने सामान किन्ने मार्केट कहाँ छ काठमाडौँमा ?

ठमेल , हामीले ठमेलमै यात्राको अनुमति पत्र  पनि लिनुछ।

ओके, हामीले भोली नै सबै कुरा भ्याउनु पर्छ।  सकेसम्म पर्सी  नै पोखराका लागि उड्नु पर्छ। मसँग जम्मा १५ दिनको समय छ। त्यसैले हामी पोखराबाट जोमसोमसम्म फ्लाइटमै जान्छौ , र मुक्तिनाथबाट फर्किदा बेनीसम्म हिडेर आउछौ, भन्दै उनले आफुले तैयार पारेको यात्रा विवरण मलाई दिए।

पहिलो दिन - हानोभर - काठमाडौँ
२-३ ओ   दिन - काठमाडौँ
चौथो दिन - काठमाडौँ -पोखरा
पाँचौ दिन - पोखरा -  जोमसोम हुँदै मुक्तिनाथ
६-७ औं दिन - मुक्तिनाथ
आठौं दिन - मुक्तिनाथ - जोमसोम
नवौं दिन - 'अराउण्ड' घासा
दसौं दिन - 'नियर' बेनी
११ औं दिन -पोखरा
१२ -१३ -१४ औं दिन -काठमाडौँ
१५ औं दिन -काठमाडौँ - ब्याक  हानोभर

'ग्रेगोर ,यू मीन अल इज फिक्स एण्ड सर्टेन, नथिंग पोसिबल फर  चेंज  एंड अनसर्टेनिटी' ?

अच्युत ग्रेगोर 'प्योर' जर्मन हो । 'प्लानिंङ' नगरेसम्म जर्मन कफ़ी र बियर त  खान सक्छन, यस बाहेक अरु सबै काममा भने यिनीहरुलाई 'प्लानिङ' नै चाहिन्छ। हालीनाले भन्दै गइन -तिमीहरु जसलाई संस्कार भन्छौ 'वेस्टर्न' र खास गरी जर्मनहरुका लागि त्यों 'मेन्टालिटी' हो।

हामी तीनैजना हँस्यौं।

जूनको दोश्रो सातामा  काठमाडौँ-मुम्बईको यात्राबाट  प्रारम्भ भएको मेरो मुक्तिनाथबाट फर्के पछि टुंगियो। शायद मैले गलत शब्द चयन गरे‌।  यात्रा टुंगियोको थिएन वरन शुरू पो भएको थियो। यस पछि अविराम गतिले २०१५ सम्म जीवन यात्रामै बित्यो । यस  यात्रा विवरणलाइ प्रारम्भमा मैले पहिलो हिमाचल यात्रा भनी लेखेको थिए। तर वास्तवमा यो यात्रा नासिकको २००३ को कुम्भदेखि प्रारम्भ भइ मुक्तिनाथ भ्रमणमा सम्पन्न भएको थियो। यसको सही शीर्षक चाहि त्रयंबकेसरदेखि  त्रिलोकनाथ हुँदै मुक्तिनाथसम्म हुनु पर्ने थियो।

ठमेलमा ग्रेगोरले चारैजना यात्रीका लागि किनमेलमा डेढ लाखभन्दा बढी खर्च गरे ।  'जस्ट' एक साता पहिला ४ हजार मीटरको खीरगंगा यात्रामा मसँग एउटा 'समर ज्याकेट' र एक जोड़ी मोजा मात्रै थियो।  तर मुक्तिनाथ  यात्राका लागि ग्रेगोरले चाहिने वस्तुको लिस्ट नै तैयार गरेर ल्याएका थिए।  ब्याग, 'रेन सूट',बाक्लो मोजा,जुत्ता,तल्लो र माथ्लो 'इनर, ज्याकेट,चश्मा, ह्याट ,'मुभ' (पेन स्प्रे ) लगायत विभिन्न औषधि समेत।

काठमाडौँ-पोखराको टिकट, पोखरा -जोमसोमको टिकट, हालीना र ग्रेगोरको अनुमति पत्र लगायत सबै काम सक्यौ  हामीले एकै दिनमा। भोली पल्ट दिउँसो तीन बजेको  हाम्रो फ्लाइट थियो पोखराका लागि । र , पोखरा पुगेको भोली पल्ट बिहान ७ बजे जोमसोमका लागि उड्नु थियो।

पोखरा समयमै पुगियो।  हालीना एयरपोर्टको नजीक नै होटल लिन चाहन्थिन, उनको भनाइ थियो, भोली बिहान ६ बजे नै एयरपोर्ट पुग्नु छ। नजीक बस्यौ भने बिहान सजिलो हुन्छ। तर मैले ग्रुपलाइ लेकसाइड लगे। लेकसाइडमा खाना महँगो भए पनि 'रुम रेन्ट' भने शहरका अन्य ठाउँ भन्दा महँगो छैन। अझै पनि हज़ार रुपैयाँमा राम्रो कोठा पाइन्छ।
लेकसाइड घुम्दा ग्रेगोर खुशी भए।  उनले भने 'अच्युत यु डन भेरी वेल '।  हामी एयरपोर्ट छेउमा बसेको भए यो सब कहाँ हेर्न पाइन्थ्यो ? अब यात्रामा हामीले कहाँ बास बस्नु छ यसको निर्णय तिमीले नै गर्नु। मेरो काठमाडौँ -हानोभरको टिकटमा फरक नपर्ने गरी तिमीले जेसुकै 'चेन्ज' गरे पनि हुन्छ।  हामी दस बजे रातिसम्म लेकसाइडमा घूमी रह्यौ।

जोमसोममा 'ल्याण्ड' गर्दा तापमान यस्तै ५-७ डिग्री सेल्सियस थियो होला।  पोखराबाट हिड्दा हामी कसैले ज्याकेट लाएका थिएनौ।  

प्लेनबाट ओर्लिन साथ सबैभन्दा पहिला  ज्याकेट लाउने  काम गर्नु पर्‍यो।  जोमसोम अति मनमोहक,सफा, व्यवस्थित थियो।  सानो
बाजारमा सबै कुरा उपलब्ध थिए।

जोमसोममा ब्रेकफास्ट गरेपछि हामी मुक्तिनाथतिर लाग्यौ । गांजा/चरेशको सुरले हो कि हिड्ने अभ्यासले मान भारती बैकुण्ठ मानन्धरका भांति अग्रगामी भइरहेका थिए ।  हालीना पनि ठीकठाक हिडी रहेकी थिइन।  म र ग्रेगोर भने सकी नसकी हिडी रहेका थियौं। एक डेढ घण्टामै  म थाकी सकेको थिएँ। रानी पौव्वासम्म पुग्दा होटल अथवा बस्ने  ठाउँ भेटेको भए म त्यही विश्राम गर्ने थिएँ। तर मुक्तिनाथ न पुगुन्जेल कतै  बास बस्ने उपाय थिएन।

बेलुकी ५ साढ़े ५ बजेतिर बल्लतल्ल मुक्तिनाथ पुगियौं।

भोली पल्ट बिहान हामी मुक्तिनाथ मन्दिरमा थियौं।  मैले ग्रेगोरलाई  यहाँका धारामा नुहाए मुक्ति पाइन्छ भन्ने किम्वदन्ती भने । ग्रेगोरको भनाइ थियो- मुक्ति भन्ने शब्द यदि  अस्तित्व राख्छ भने यस  बारेका  किम्वदन्ती पनि  निरर्थक  हुन सक्दैन । खैर मलाई मुक्ति चाहिएको छैन तर जर्मनीदेखि यहाँसम्म आउँदा यदि मैले  यी धारामा नुहाईन भने मलाई पछिसम्म पछुतो  रही रहने छ भन्दै उनले लुगा फुकालेर प्रत्येक धारामा दगुरदै स्नान गरी छाडे।

एक महिना भित्रै  म झण्डै  ४ हजार मीटर अग्लो  दोश्रो यस्तो धर्मस्थलमा पुगेको थिएँ जहाँ हिन्दू र बौद्ध धर्मको एउटै स्थलमा पूजा अर्चना गरिन्छ।  हिमाचलको त्रिलोकनाथ जहाँ भगवान् शिव र बुद्धको संयुक्त मन्दिर रहेको थियो  र मुक्तिनाथ जहाँ भगवान विष्णु र बौद्ध धर्मको मान्यता अनुसार  कर्मकाण्ड सञ्चालित हुन्छन्।  

मुक्तिनाथको यस यात्रा पछि म थुप्रै पटक लद्दाख -कश्मीर -बद्री नाथ -गंगोत्री -केदारनाथ -अल्मोड़ा-सिक्किम -दार्जिलिङ -ऊटी -महाबलेश्वर -ओम्कारेश्वर -नैनीताल -अमरकंटक -माथेरान लगायत विभिन्न ठाउँ घूमे।  यी सबै ठाउँमा वर्षेनी लाखौं पर्यटक पुग्ने गर्छन।  तर नेपाल सरकारले पोखरा बाहेक कुनै ठाउँलाई पर्यटकीय स्थलका रूपमा 'डेभलप' गर्न सकेन ।

म तुलना गर्न पुग्छु लद्दाख र मुक्तिनाथको ! लद्दाख जहाँ जूनदेखि अक्टूबरसम्म पर्यटकको ओइरो  लाग्छ।  लद्दाखका गाँउ  गाँउमा सरकार तथा स्थानीय सरकारले पर्यटकलाई बस्ने सुविधा उपलब्ध गराएका छन्।  गाँउ गाँउसम्म पर्यटक पुग्छन।  हप्तौंदेखि महिनौं बस्छन पर्यटक लद्दाख क्षेत्रमा । नेपालको सम्पूर्ण पहाडी र हिमाली क्षेत्र नै पर्यटकीय सम्भावनाले भरी भराउ  छन्।  सरकार तथा निजी क्षेत्रले काठमाडौँ र पोखराको धंगधगीबाट मुक्त नभएसम्म अरु ठाउँको भाग्य परिवर्तन हुनु सम्भव छैन।

अरु कुरा के गर्ने ।  एउटा उदाहरण नै हेरौ न । यूपी र  बिहारमा मार्चदेखि अक्टूबरसम्म ४५ प्लसको उखरमाउलो गर्मी हुन्छ।  बिहारको राजधानी पटना र यूपीको राजधानी लख़नऊदेखि टिसटुङ -पालुङ -दामन-सिम भन्ज्याङ्गको दूरी क्रमशः ३ सय  र ५ सय किमी रहेको छ।  भनौ बढीमा १२ घण्टको दूरी।  यदि सम्पूर्ण सिम भन्ज्याङ्ग क्षेत्रलाई पर्यटकीय रूपमा विकसित गर्ने हो भने र यसको प्रचार गर्न अन्त कतै  जानू नै पर्दैन , नेपालको सीमावर्ती क्षेत्रदेखि दुबै प्रदेशका राजधानीसम्म मात्रै प्रचार गर्ने हो भने गर्मी याममा दैनिक २५-३० हजार  इण्डियनहरुको ओइरो  लाग्छ ।

दार्जिलिङमा  सिजनमा कोठा न पाउनु र इलामले पर्यटक नपाउनु ! आहा मेरो देश !!

मुक्तिनाथबाट फर्किदा पहिलो रात कागबेनी, दोश्रो रात मार्फा, तेश्रो रात घासा,चौथो रात तातोपानी र पाँचौ  रात पोखरामा बसी हामी ग्रेगोरको प्लान मुताबक नै 'फिक्स' दिनमा  नै काठमाडौँ आई पुग्यौ ।

यस पछि पनि थुप्रै पटक मुक्तिनाथ गए।  सबैभन्दा 'लास्ट' २०१७ मा राम थपलियाको परिवारसँग काठमाडौँबाट जीप लिएर सोझै मुक्तिनाथ पुगियो। अब मुक्तिनाथ दुरूह यात्रा रहेन।  मोटर बाटै सोझै त्यहाँ पुग्न सकिन्छ।

कोरोनाले घरमै नजर बन्द रहनु भएका नेपालीजनले आउँदो दशैमा खानपान र तड़क भड़कमा खर्चिनु सट्टा देशभित्रै घूमफिर गरे थिलथिलो भएको मनस्थितिका साथै टाट पल्टेको   नेपाली 'इकोनमी'ले अलि  कति  भए पनि सास फेर्ने मौका पाउने थियो।

जूनको दोश्रो सातामा  काठमाडौँ-मुम्बईको यात्राबाट  प्रारम्भ भएको मेरो मुक्तिनाथबाट फर्के पछि टुंगियो। शायद मैले गलत शब्द चयन गरे‌।  यात्रा टुंगियोको थिएन वरन शुरू पो भएको थियो। यस पछि अविराम गतिले २०१५ सम्म जीवन यात्रामै बित्यो। यस  यात्रा विवरणलाइ प्रारम्भमा मैले पहिलो हिमाचल यात्रा भनी लेखेको थिए। तर वास्तवमा यो यात्रा नासिकको २००३ को कुम्भदेखि प्रारम्भ भइ मुक्तिनाथ भ्रमणमा सम्पन्न भएको थियो। यसको सही शीर्षक चाहि त्रयंबकेसरदेखि  त्रिलोकनाथ हुँदै मुक्तिनाथसम्म हुनु पर्ने थियो।

एउटा कुरा झण्डै  लेखन छुटेको - ग्रेगोरले जर्मनी फर्किनु अघि मलाई ७०० यूरो दिदै भने- 'अच्युत नाउ इट्स नट योर डेस्टिनी टू लिभ लाइक सिम्पल सोसाइटी लाइफ , गो टू लिभ फ्री लाइफ.  दिस इज मनी फर योर नेक्स्ट जर्नी . हालीना एन्ड आई विल सपोर्ट यू, हाउ लॉन्ग यू नीड अभर   फाइनेन्सियल सपोर्ट ।

जर्मन दम्पतिको 'स्पन्सरशिप' बाट एउटा हिन्दू सन्यासीको उदय हुन गईरहेको थियो ।  सन २०१० सम्म (मैले चाहेसम्म) ग्रेगोर र हालीना यहाँसम्म कि उनका छोरा अलेक्सले मलाई आर्थिक रूपमा सहयोग गरे । तर २०१० पछि मैले उनीहरुसँग सहयोग मागिन।  राम थपलिया, रमेश थपलिया, खप्पर बाबा, सुस्मिता थापा, इड़ा राणा, सुनीता राणा, राजू बिष्ट, सरोज शर्मा, नबीन सत्याल, अरुण कुमार सुवेदी, छत्र कार्की, मनोज दाहाल, रश्मि आचार्य, सरोज ज्ञवाली , लिलेन्द्र प्रधान, अजय सुमार्गी, लोकमान कार्की, अरुण ओझा, कृष्ण पोखरेल, राममणि पोखरेल, डा रश्मि, अजय शिंदे, देव नारायण पुरी लगायत अन्य थुप्रै व्यक्तिले मलाई सहायता गर्न थाली सकेका थिए। सम्पादक युवराज घिमिरे ज्यूले   पुनः लेखनमा सक्रिय बनाई दिनुभयो, साइन्स लेखक बनाऊंनमा जीवेन्द्र सिंखडाको पनि ठूलो भूमिका रह्यो।  मित्र चन्द्र खाकीले विज्ञान लेखनमा जति प्रोत्साहन दिनु भयो त्यों बिर्सन सकिदैन।  

विज्ञान विषयक नाना थरीका   प्रश्न गरेर मोहन दाहालले  एक किसिमको जुन चुनौती नै दिनु हुन्थ्यो त्यसले पनि विज्ञान लेखनमा गहिरो अभिरुचि जगाएको बिर्सन सक्दिन। लेखनमा हौसला दिनुका साथै चिया चुरुटको पनि व्यवस्था गरी दिने मित्र सुदर्शन घिमिरेको योगदान अविस्मरणीय नै रहने छ। मेरो दोश्रो लेखकीय पारीमा अन्नपूर्णा पोस्ट ,नयाँ पत्रिका,नागरिक दैनिक, देशसंचार अनलाइन, परिसंवाद अनलाइन, लोकसंवाद अनलाइन, रातोपाटी अनलाइन, नेपालन्यूज अनलाइनले लेखलाई स्थान दिनुका साथै हात खर्च उपलब्ध गराएर  जसोतसो स्वाबलम्बी  बन्न सघाएकै हुन।

 जीवन चलेकै छ।  काल न आउन्जेल अथवा स्वेच्छा मरणमा नगएसम्म केही न केही खुराफात  नगरी बस्न सकिदो रहेनछ। लेखनरुपी खुराफात जारी छ । अर्को कुनै यात्रा संस्मरण अथवा गल्प लेखनमा पुनः पाठकहरुलाई भेट्ने बाचा गर्दै अहिलेलाई विदा चाहन्छु ।
इति नमस्कारांते।

 

यो पनि 

दक्षिणकाली मन्दिरमा 'फायर' पूजा अर्थात् होम अनुष्ठानको खेल

मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्

न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !

हर्मन हेस लिखित  कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा

पति कै सामु एक अपरिचित युवतीलाई सल ओढाई दिँदा... !

यात्रामा मीचियो काकू  कार्ल सगणदेखि नील  डिग्रेस टाइसनसम्म

मनलाई स्थिर गर्ने मुद्रा रहस्य : मन त  स्वर्गले  पनि अघाउँछ


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।