म त्यही बाबु हुँ

म त्यही बाबु हुँ

सन्तोष थेबे  |  साहित्य  |  भदौ २६, २०७७

प्रीय छोरी 
अचानोमा दुई फ्याक पारेर
तिम्रो आमा र मेरो धड्कन
ओठमा निकैबेर आसु पिउँदै
रुखमा पैसा फल्ने देस
फकाएर फुलाएर
पठाउने बाबु मै हुँ ।
आज
आफ्नै सपनाहरुको हिमनदिमा
तिम्रो आमा र म किनारा बाँचिरहेछौ
अहिले सम्ममा
रुखमा कति पैसा टिप्यौ छोरी ......?
मुटुको धड्कनले
आँखाको आँसुले
हिसाब निकाल्न नसक्दो रहेछ
आजकल
प्राय साँझतिर
उहिले तिमिले रोपेर गएको
सानो रुखमा पानी हाल्दै
तिमिलाइ सम्झिरहन्छु छोरी...
म त्यही बाबु हुँ
जसले तिमिलाइ फकाइ फुलाइ
रुखमा पैसा फल्ने देस पठाएको हो.... !

धरान, सुनसरी