नाओमी ओसाकाले जितिन युएस ओपनको उपाधि

नाओमी ओसाकाले जितिन युएस ओपनको उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २८, २०७७

जापानकी नाओमी ओसाकाले यस वर्षको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

आइतबार बिहान भएको फाइनल खेलमा २२ वर्षीय ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जीत निकाल्दै उपाधि हात पारिन् । उनले १–६, ६–३ र ६–३ को सेटमा अजारेन्कालाई पराजित गरेकी हुन् ।

ओसाकाले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिईन् । उनले अहिलेसम्म फाइनल पुगेका सबै ग्रास्डस्लाम जितेकी छन् ।