नक्कली बयान : सफाइ नै दुखाइ

नक्कली बयान : सफाइ नै दुखाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

काठमाडौँ । ३६ वर्षीया मतिरा खड्का जीसी वरपर कोही नौलो मानिस देखिए झस्किन्छिन् । उनको अनुहार रङ बदलिन्छ । टाउकोमा बाँधेको पट्टी खोल्दै र खुकुलो पार्दै गरिरहेकी हुन्छिन् । एउटा प्रसंगमा कुराकानी गरिरहेका बेला बहकिएर अर्कै कुरा गर्न थाल्छिन् ।

 

दोलखा, बिगुबाट मतिरा काठमाडौं आइपुगेको एक वर्ष मात्रै हुँदै छ । यसबीच उनले धेरै कुरा बिर्सिसकेकी छन् । दुई प्रसंग भने बरोबर सम्झिरहन्छिन्– दुई छोराछोरी र २०७४ वैशाख २३ गते ।

 

श्रीमान् सुन्दर जीसीले टाउकोमा ढुंगाले प्रहार गरेपछि १० दिनसम्म बेहोस भएकी मतिराले अस्पतालको ‘क्रिटिकल केयर’ बाट पुनर्जीवन पाएकी थिइन् । ‘म घर छेवैको धारामा लुगा धोएर फर्किरहेकी थिएँ,’ उनले सुनाइन्, ‘एक्कासि लोग्नेले कञ्चटमा ढुंगाले हानेको सम्झना छ । त्यसपछि एकैचोटि काठमाडौंको अस्पतालमा आफूलाई पाएँ ।’ ढुंगाले हानेपछि भुइँमा लडेकी श्रीमतीलाई अनुहारै कुच्चिने गरी ढुंगा, भाटा र मुड्कीले हानेर मरणासन्न बनाई नजिकैको प्याजबारीमा फालेर श्रीमान् सुन्दर सिधै स्थानीय लोटिङ प्रहरी चौकी पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।