अमेरिकी राष्ट्रपतिको निर्वाचन डढेलो र मौसमले प्रभावित पार्ने संकेत

अमेरिकी राष्ट्रपतिको निर्वाचन डढेलो र मौसमले प्रभावित पार्ने संकेत

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २८, २०७७

एजेन्सी ।अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ता भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरेपनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा डढेलोको क्षेत्रबारे चर्चा गर्नुभएको थियो । 

'उनीहरूसँग यस्तो कुनै कुरा थिएन,' ट्रम्पले शनिबार भन्नुभयो । 'एकदम सरल कुरा जङ्गलको व्यवस्थापन हो । कृपया यस शब्दलाई याद गर्नुहोस् ।'

राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोड्नुभएको छ । बाइडेनले डढेलो र विनासबारे भन्नुभयो, 'विज्ञान स्पष्ट छ र यी जस्ता घातक सङ्केतहरूलाई भूलबस पनि व्यवस्थापनमा त्रुटी गर्नु हुन्न । जलवायु परिवर्तनले महत्वपूर्ण र अस्थित्वगत जीवनशैलीलाई खतरा सिर्जना गरेको छ ।'

वाइडेनले भन्नुभयो, 'ट्रम्पले जलवायु परिवर्तन चर्चा वेकारको अफवाह भन्दै आउनुभएका राष्ट्रपति ट्रम्पले यस वास्तविकतालाई अस्वीकार गर्ने प्रयास गर्नुभएको छ तर तथ्यहरूले जलवायु परिवर्तनको एनेन्डालाई स्वीकार गर्दै अघि बढ्न अनिवार्य शर्त भएको देखाएका छन् ।' 

वायुको अन्तर्राष्ट्रिय गुणस्तरको लेखाजोखा राख्ने स्वीडेनी एक प्रविधि कम्पनी, आइक्युएयरले शनिबार र अति वायु प्रदूषण भएका विश्वका पाँच शहरहरू पश्चिमी तटीय क्षेत्रमा रहेका अमेरिकी लस एन्जेल्सदेखि क्यानाडाको भ्यानकुवर क्षेत्रमा सिमित रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनमा समेत राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सोमबार क्यालिफोर्नियाको प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी आपतकालीन सेवा प्रमुखहरूसँग नियन्त्रण प्रयासबारे जानकारी लिनुहुने राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।