रुपगाढ खोलाको काठेपुल भाँच्चिँदा सवारी साधन आवतजावत बन्द

रुपगाढ खोलाको काठेपुल भाँच्चिँदा सवारी साधन आवतजावत बन्द

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २९, २०७७

डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । 

बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई  १३ किमी सडकमा दुई  गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।