कपिलवस्तुकी ४७ वर्षीया कोरोना सङ्क्रमित महिलाको को मृत्यु

कपिलवस्तुकी ४७ वर्षीया कोरोना सङ्क्रमित महिलाको को मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २९, २०७७

रुपन्देही । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । 

कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको बताइएको छ ।