एक नम्बर प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुदै

एक नम्बर प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुदै

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १४, २०७५

काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका र दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त  अयोजनामा झापाको दमकमा ‘एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ आयोजना हुने जानकारी गराइएके छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चैत १७ गते समुद्घाटन हुने कार्यक्रम रहेको उक्त सङ्गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ । 

सङ्गोष्ठीमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विशिष्ट आतिथ्य रहने छ । 

उक्त सङ्गोष्ठीको दोस्रो दिन ‘किरात मुन्धुम’, ‘कोसी प्रस्रवण क्षेत्रको हिमाली जनजीवन’, ‘कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू’, र ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गरिने छन् भने अन्तिम दिन ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’ र ‘धिमाल लोकसाहित्यका विशेषताहरू’ विषयक दुई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । 

सङ्गोष्ठीको सबै तयारी पूरा भएको नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य र लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा। देवी नेपालले दमकबाट जानकारी दिनुभएको छ । डा। नेपालका अनुसार एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधि स्रष्टाहरूको सहभागिता रहने सङ्गोष्ठीमा उद्घाटन समारोहका दिन विशेष काव्य गोष्ठी हुनेछ भने अन्य दिन गजल सन्ध्या र विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ ।