मिशेल ओबामाको किताव एक करोड भन्दा बढी बिक्यो

मिशेल ओबामाको किताव एक करोड भन्दा बढी बिक्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

अमेरिकका पुर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाको कितावले बिक्रीको कीर्तिमान कायम गरेको छ ।  

लण्डन, आइएएनएस । अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल  ओबामाको आत्मकथा ‘बिकमिंग’ ले बिक्रीमा कीर्तिमान बनाइ रहेको छ । 

यस पुस्तकका १ करोड भन्दा बढी प्रति विक्री भइसकेका छन । पुस्तक गत वर्ष सन् २०१८ को नम्बर १३ मा सार्वजनिक गरिएको थियो । 
पुस्तक सार्वजनिक भएको दुई सातामै २० लाख भन्दा बढी बिक्री भएको थियो  । इंग्लयाण्डमा मात्रै यस कितावको छ लाख भन्दाबढी प्रति बिक्री भइसकेका छन् । अमेरिका र क्यानाडाका पुस्तक प्रेमी माझ पनि यस पुस्तकको व्यापक ‘क्रेज’ रहेको छ । 

पुस्तकलाई पेग्युइन रैन्डम हाउसले प्रकाशित गरेको हो ।  मिशेलको ‘बिकमिंग’ ले यस प्रकाशनबाट प्रकाशित भएका पुस्तक मध्ये थोरै समयमा सबैभन्दा बढी विक्री हुने पुस्तकको दर्जा प्राप्त गरेको छ । 

‘बेस्टसेलिग’ पुस्तकको सर्वे गर्ने संस्थाका अनुसार आत्मकथा श्र्रेणीका पुस्तकहरुमा मिशेलको ‘बिकमिंग’ ले उत्कृष्ट प्रदर्शन गरेको छ । पुस्तकलाई एकै पटकमा विश्वका ३१ भाषामा सार्वजनिक गरिएको थियो । 

मिशेल संसारको सबैभन्दा बढी बुद्धिमान महिलाहरुको पंक्तिमा अग्रस्थानमा पर्दछिन ।