कति वर्ष भएपछि मान्छे बुढो हुन्छ ?

कति वर्ष भएपछि मान्छे बुढो हुन्छ ?

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १४, २०७५

मान्छे कति वर्षको भएपछि बुढो हुन्छ रु यसको स्पष्ट उत्तर छैन् । नेपालमा त झन ६० वर्ष कटेका युवा नेता छन् भने ४० वर्ष माथिका विद्यार्थी नेता छन् । बुढ्यौली उमेर हो कि शारीरिक कमजोरी भन्ने विषयमा थुप्रै बहस हुन सक्छ । 

बिबिसी नेपालीबाट साभार गरिएको लेखले ब्ढ्यौलीबारे यसो भन्छ -

पपुवा न्यू गिनीमा बसोबास गर्ने ४५ वर्षीय व्यक्तिहरू फ्रान्स वा सिङ्गापुरका ७६ वर्षीय व्यक्ति सरह बुढो भएको महसुस गर्छन् । उनीहरूको तन्दुरुस्ती औसतमा एक ६५ वर्षीय व्यक्ति सरह हो ।
वैज्ञानिकहरूको अन्तराष्ट्रिय टोलीले यस बारे गरेको एउटा बृहत् अध्ययनको निष्कर्ष ल्यान्सेट जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धानकर्ताहरूले यसका लागि १ सय ९५ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्क विश्लेषण गरेका थिए । उनीहरूका अनुसार औसतमा उमेर सम्बन्धी चिन्ताहरू ६५ वर्ष पुगेपछि अत्यधिक रुपमा देखिन थाल्छ

कान नसुन्ने, हृदयघात हुने, बिरामी भइरहने र मस्तिष्कसम्बन्धी रोग जस्ता स्वास्थ्य समस्याहरू तपाईँ कहाँ बस्नुहुन्छ भन्ने आधारमा विभिन्न उमेरमा देखिने उनीहरूले पत्ता लगाएका छन् । उमेर बढ्दै जाँदा विस्तारै बुढो हुने र छिट्टै बुढो हुनेबीचको फरक तीन दशक वा त्यो भन्दा बढी हुनसक्छ ।

उक्त अध्ययनले धेरै उमेर भन्दा पनि तन्दुरुस्तीको दृष्टिकोणबाट पनि बुढो हुने विषयलाई हेरेको छ । बुढो भएसँगै उमेर सम्बन्धी रोगहरू बढ्दै जाने विषयलाई ध्यानमा राखेर अध्ययन गरिएको हो ।
अध्ययन प्रतिवेदनकी प्रमुख लेखिका डा। एन्जेला वाइ चाङ भन्छिन, ‘उमेरसँग जोडिएका स्वास्थ्य समस्या र जनसंख्याको अनुभवको आधारमा वृद्ध उमेरको समय बढ्दै जानु अवसर पनि बन्न सक्छ अथवा समग्र जनसंख्याको कल्याणकारी कामका लागि खतरा पनि बन्न सक्छ भन्ने देखाएको छ ।’

अनुसन्धानकर्ताहरूले ९२ वटा रोगहरू पहिचान गरेका छन् जसले शारीरिक स्वास्थ्य र मानसिक कौशलमा अपरिवर्तनीय क्षय ल्याउँछ ।

सबैभन्दा प्रबल चाहिँ क्यान्सर र मुटुसम्बन्धी रोगहरू हुन् । यो गणना सामाजिक९जनसांख्यिकीय सूचकाङ्क (एसडीआई )का आधारमा गरिएको छ, जुन हरेक देशको विकास नाप्न प्रयोग  गरिन्छ ।
एसडीआई औसत आम्दानी, शैक्षिक उपलब्धि र कुल प्रजनन दर जस्ता कुरामा आधारित रहेर गर्ने गरिन्छ । कम सामाजिक ९सांख्यिकीय सूचकाङ्क भएका विकासशील देशमा मानिसको औसत आयु कम हुन्छ तर त्यहाँ पनि वृद्धावस्था हुन्छ, बरु त्यहाँ बुढ्यौली छिटै शुरु हुन्छ । 

यो विश्लेषणले विश्वभरका वयस्क मानिसहरूको स्वास्थ्य समस्या मध्ये उमेर सम्बन्धी विमारी आधा भन्दा बढी रहेको देखिन्छ ।

चाङ थप्छिन, ‘उमेर सम्बन्धी स्वास्थ्य समस्याहरूले छिट्टै अवकास लिनुपर्ने अवस्था, काम गर्न सक्ने मानिसहरूको संख्या न्यून र स्वास्थ्य सम्बन्धी खर्च धेरै हुने हुन सक्छ ।’
स्वास्थ्य प्रणालीको दायित्व लिने सरकारी अधिकारी र अन्य सरोकारवालाहरूले कहिलेदेखि मानिसहरूले बुढ्यौलीका कारण पीडित हुन थाल्छन् भन्ने ख्याल गर्न आवश्यक छ ।
वैज्ञानिकहरू हाल बुढ्यौलीका लक्षणहरू ढिला गर्ने तथ्यहरू पत्ता लगाउनमा केन्द्रित छन् । ती शारीरिक गतिविधि, ध्रुमपान त्याग देखि स्वास्थ्य सेवा प्रणालीको राम्रो व्यवस्थापन पनि हो ।
यस्ता विषय बस्तुको बुझाइले वृद्ध जनसंख्या वृद्धिको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।