खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७७

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा.खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए । 

यसअघि डा.खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही २० भदौमा पदावधि सकिएको थियो ।