अचम्मको मन्दिर जस्को  सिंढीमा टेक्नासाथ सुनिन्छ संगीत

अचम्मको मन्दिर जस्को  सिंढीमा टेक्नासाथ सुनिन्छ संगीत

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

भारतको तमिलनाडु राज्य स्थित ऐरावतेश्वर मन्दिरका सिंढीमा उक्लनासाथ सुमधुर संगीतको ध्वनी आउँछ । 


काठमाण्डौ । तमिलनाडु राज्यको कुम्भकोणम नजिक दारासुरममा एउटा अचम्मको मन्दिर छ । भगवान शिवलाई समर्पित यस मन्दिरलाई एरावतेश्वर मन्दिर भनिन्छ । 

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको यस मन्दिरको निर्माण १२ औं शताव्दीमा भएको थियो । यसको निर्माण राजराजा चोल द्वितीयले गराएका थिए । 

भगवान शिवलाई यस मन्दिरमा ऐरावतको रुपमा पुजिन्छ । किंवदन्ती अनुसार देवताहरुका राजा इन्द्रको हात्ती ऐरावतले यस ठाउँमा शिवको आराधना गरेको थियो । उनकै आराधनाका कारण यहाँ शिवलाई ऐरावतेश्वरका रुपमा पूजन गर्ने परम्परा चली आएको छ । 

यस मन्दिरको वास्तु एवं साजसज्जा यति उत्कृष्ट एवं मनोरम छ कि यस मन्दिरको दर्शन गर्न पर्याप्त समय र सुझबुझ आवश्यक पर्छ । ढुंगामा कुँदिएका उत्कृष्ट आकृतिहरु पनि रहेका छन् । यस मन्दिरका स्तम्भ ८० फिट अग्ला छन् । अगाडि पट्टिको द्वारमा ठूलो पांग्रा भएको विशाल रथ रहेको छ । रथलाई घोडाले तानीरहेका छन् । मन्दिर परिसरको पूर्वपट्टि बुट्टैबुट्टाले कुँदिएका भवन रहेका

छन् । यी भवन मध्ये एउटालाई बलिपीट भनिन्छ । बलिपीटको अर्थ बलि दिने स्थान हो । 

मन्दिर परिसरको दक्षिण दिशामा बुट्टैबुट्टा कुँदिएका तीनवटा सिंढी छन् । यी सिंढीमाथि अलिकति पनि प्रहार हुनासाथ संगीतध्वनि निस्कन्छ । 

मन्दिरको इतिहासः किंवदन्ती अनुसार इन्द्रको हात्ती ऐरावतको शरीरको रंग सेतो थियो । तर एकपटक दुर्वासा ऋषिले ऐरावतसँग रिसाएर श्राप दिए । ऐरावतको रंग बदलियो श्रापले गर्दा । दुखी ऐरावतले यस मन्दिरमा शिव आराधना गरेर पुनः आफ्नो रंग प्राप्त गरे । 

मन्दिरमा रहेका कैयन शिलालेखले मन्दिरको ऐतिहासिकता प्रकट गर्छन् । 

यस मन्दिरलाई सन् २००४ मा युनेस्कोले विश्व धरोहरमा सूचीकृत गरेको छ ।