आज बिहानको भूकम्प ०७२ सालको भूकम्पको पराकम्प मात्रै

आज बिहानको भूकम्प ०७२ सालको भूकम्पको पराकम्प मात्रै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७७

काठमाडौँ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको पराकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रेक्टर स्केल) को पराकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।