महामन्त्री डा.कोइरालाको आइसीयुमा राखेर उपचार

महामन्त्री डा.कोइरालाको आइसीयुमा राखेर उपचार

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७७

नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । 

कोेभिड–­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार महामन्त्री डा.कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । 

‘अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ,’ उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा.कोइरालालाई निमोनिया भएको छ । 

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा.विश्वनाथ कोइरालाको नेतृत्वमा डा.सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । 

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।