नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १, २०७७

मुग्लिन  । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।