घट्यो सूनको मूल्य

घट्यो सूनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १, २०७७

काठमाडौँ । बिहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार आज सून तोलामा ९ सयले घटेर प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सून तोलाको ९७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सूनको मुल्य प्रतितोला ९६ हजार १०० मा कारोबार भइरहेको छ ।त्यसैगरी विहिबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।